तामाङ समाज क्रोएसिया बुद्ध मार्ट गोल्डकपको क्वाटरफाइनलमा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
504 Shares
जाग्रेब, क्रोएसिया

तामाङ समाज क्रोएसिया बुद्ध मार्ट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । तामाङ समाजले शनिबारबाट सुरु भएको गोल्डकपमा डीआरएस (DRS) फूटबल क्लब क्रोएसियालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

क्रोएसियाको जाग्रेबस्थित एरिना सेन्टरमा भइरहेको प्रतियोगितामा तामाङ समाजले डीआरएसलाई १,का विरुद्ध २,गोलले पराजित गरेका हुन् । खेल अवधिभर डीआरएसलाई तामाङ समाजले दबाबमा राखेका थिए ।

आफ्ना खेलाडीहरुले सोचेभन्दा राम्रो खेलेको प्रशिक्षक अर्जुन मोक्तानले बताए । ` यहि रफ्तारमा हाम्रो खेलाडीहरुले खेल्यो भने टिम प्रथम हुनबाट कसैले रोक्न सक्दैन, ` प्रशिक्षक मोक्तानले भने,` क्वाटरफाइनल पार गर्न केही कठिनाई भएपनि, सेमिफाइनल हाम्रो पोल्टामा हुनेमा ढुक्क छु ।´

तामाङ समाजको खेल संतोषजनक रहेको टीम मेनेजर जीवन ग्लानले बताए । उनका अनुसार टिम र प्रशिक्षकको मेहनत खेलमा देखिएका छन् । टीमलाई क्वाटरफाइनलमा केही गार्‍हो भएपनि जित हात पार्ने मेनेजर ग्लानको भनाई थियो ।

तामाङ समाजका टिमका कप्तान सुरेन्द्र योन्जन तामाङ हुन् ।त्यसैगरी टिममा निकेश तामाङ, प्रवीण राई, सुनिल लिम्बु, रोमन गुरुङ, मनोज अधिकारी, अलेक्स श्रेष्ठ, डेबिट थापा मगर, सोम ग्लान तामाङ, सुवास तामाङ रहेका छन् । खेलाडी संयोजक भने तामाङ समाजका सचिव बुद्ध लामाले गरेका हुन् ।

प्रतियोगितामा १४ टीम सहभागी छन् । दुई दिनसम्म चल्ने बुद्ध मार्ट गोल्डकप आइतबार समापन हुनेछन् । गोल्डकपको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने टीमले शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना बुद्ध मार्टले गरेका हुन् ।

बुद्ध मार्टले यसअघि प्रथम लाफ गोल्डकप उचाली सकेको छ । शनिबार बुद्ध र मन्डला इभेन्ट्सको संयु!आयोजनामा सुन्तली धुर्मुसको साँझको आयोजनासमेत गरिसकेका छन् ।

थप यो पनि 

तामाङ समाज क्रोएसिया लाफा गोल्डकपको क्वाटरफाइनलमा

क्रोएसियामा पहिलो पटक मनाए ल्होछार

क्रोएसियामा तामाङ समाज गठन, अध्यक्षमा सनिप

तपाईको प्रतिक्रिया