तामाङ चलचित्र ‘मायाला घ्रान’ को विशेष शो दर्शकको खाचाखाच रह्यो । शनिवार राष्ट्रिय नाचघरमा प्रदर्शन भएको चलचित्रमा दर्शकको ओइरो थियो ।
हिमालयन छुल्ठिम कार्पेट उद्योगका निर्देशक छेवाङ लामाको प्रमुख आतिथ्यतमा शनिवार विशेष शो राष्ट्रिय नाचघरमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रस्तुतिकर्ता पेमा लामा योन्जन प्रस्तुतिकर्ता रहेको चलचित्रले माया, प्रेम र सामाजिक जीवनलाई समेट्दै मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखेको छ।
जिम्बा फिल्म् प्रोडक्शनका १३ औँ प्रस्तुति चलचित्रका निमा लामा तामाङ चलचित्रका निर्देशक हुन्।
कृष्ण लामाले फिल्मको कथा र पटकथा लेखेका छन्। नायक कृष्ण लामा, नायिका अबिना गोले, आशिष् रुम्बा, छिरिङ मोक्तानले निकै मार्मिक ढङ्गले अभिनय गरिएका छन् । चलचित्रमा प्रमीला थिङ्ग सुनलाल वाइबा, लगायतका दर्जनौँ कलाकारहरूले प्रमुख भूमिका निभाएका छन्। उनीहरूको अभिनयले फिल्मलाई निकै जीवन्त बनाएको छ।
तामाङ कलाकार सङ्घका अध्यक्ष विशाल काल्तान,चर्चित गायक सुरेश लामाले फिल्मका गीतहरूमा आवाज दिएका छन्। गायिका तर्फ चर्चित गायिका जितु लोप्चन सुमिना लो रहेका छन् ।
पेमा लामा योन्जन, अबिना गोले, कृष्ण लामाले फिल्मका गीतहरूका शब्द लेखेका छन्। शब्दले फिल्मको भावनात्मक पक्षलाई सजीव बनाएका छन्।
निमा लामा तामाङ, देव स्याङ्तान यी सङ्गीतकारहरूले फिल्मको सङ्गीत निर्देशन गरेका छन्। तिनको सङ्गीतले माया प्रेमका ध्वनि प्रस्तुत गरेको छ।
रङ्ग रोगन सूर्य लामाको छायाङ्कनले फिल्मलाई दृश्यात्मक सौन्दर्य प्रदान गरेको छ। चलचित्र विश्वास भण्डारीले सम्पादन गरेका छन्।
एदिप कुलुङ्ग राईले फिल्मका कलाकारहरूको मेकअप गरेका छन्।
चलचित्रको कथा माया प्रेमसँग सम्बन्धित छ, जसलाई निकै मार्मिक र संवेदनशील ढङ्गले प्रस्तुत गरिएको छ।
यस तामाङ चलचित्रले दर्शकहरूको मन जित्न सफल भएको छ। यस चलचित्रको कथा सँगसँगै, यसको सृजनात्मकता र सांस्कृतिक कथा प्रस्तुतिको शैलीले दर्शकहरूलाई आकर्षित गरेको छ।
चलचित्रको कथा, अभिनय, सङ्गीत, र निर्देशनलाई दर्शकहरूले अत्यधिक सराहना गरेका छन्। विशेष शोमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिन्थ्यो, जसले चलचित्रलाई थप उचाइमा पुर्याएको छ। फिल्मले तामाङ समुदायसँग सम्बन्धित विषयवस्तुलाई मार्मिक र सजीव रूपमा प्रस्तुत गरेकोले दर्शकहरूलाई गहिरो रूपमा प्रभावित पारेको छ।
कार्यक्रममा विशिष्ट अतिथि मरिन गाउँपालिका प्रमुख विमर्श मोक्तान (प्रख्यात), विशेष अतिथि नेपाल सितोरियो कराँतेका राष्ट्रिय प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री ज्ञानबहादुर जिम्बा तामाङ, राष्ट्रिय घेदुङका महासचिव प्रवीण बल, तामाङ चलचित्र सङ्घका अध्यक्ष दीपक लामा लगायतका अतिथिहरू उपस्थिति रहेका थियो ।
कार्यक्रम चलचित्र प्रस्तुति कर्ता पेमा लामा योञ्जनको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार सुदिन दोङले सञ्चालन गरिएको थिए।