२०८१ सालको जनै पूर्णिमाको अवसरमा लाग्ने गोसाईंकुण्ड मेलालाई मर्यादित र सुरक्षित रूपमा मनाउन विभिन्न १३ वटा उपसमितिहरू गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजनामा गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाको सहयोग र सहजिकरणमा उपसमितिहरू गठन गरेका हुन् ।
उपसमिति सरसफाइ तथा खानेपानीले गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ र ६ को कार्यालयले धुन्चे बजार सरसफाइ, गोसाईंकुण्ड सरसफाइ, जनचेतना मूलक कार्यक्रम सञ्चालन, धुन्चे खानेपानी व्यवस्थापन गर्ने भएका छन् ।
वातावरण संरक्षणमा लाङटाङ राष्ट्रिय निकुञ्ज जसले जैविक विविधताको संरक्षण गर्ने धुपी कटानीमा रोक लगाउने, बोटबिरुवाको लौरो निषेध गरी निगालोको प्रयोगका लागि अभिप्रेरित गर्ने,जनचेतनामूलक बोर्डको बनाई ठाउँ ठाउँमा राखिनेछ ।
यसै गरी स्यमसेवकको भूमिकामा गोसाईंकुण्ड गाउँपालिका नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउट र अन्य संधसंस्थाले धुन्चेदेखि गोसाईंकुण्डसम्म स्वयंसेवक परिचालन गर्ने ।
स्वास्थ्य शिविर जिल्ला स्वास्थ्य कार्यालय श्रीनाथ गण, जिल्ला आयुर्वेद कार्यालय, हिमालयन उद्धार संघले धुन्चेदेखि गोसाईंकुण्डसम्म अस्थायी स्वास्थ्य शिविर स्थापना गर्ने, प्रचारप्रसारमा नेपाल पत्रकार महासङ्घ र सन्चारगृह अन्तरगत टिभी एफएम र पत्रपत्रिका मार्फत प्रचारप्रसार गर्ने, दररेट निर्धारण जिल्ला प्रशासन कार्यालय र लारानि रसुवाले मिनिगोसाईकुण्डदेखि गोसाइकुण्डसम्मको खाना, खाजा र चिया तथा बसाइँको दररेट निर्धारण गर्ने, उद्धार व्यवस्थापन सुरक्षा निकायहरूले सिङगोम्पा देखि गोसाईंकुण्ड रुटमा कुनै पनि तीर्थयात्रीहरूलाई विपद् जोखिम हुन नदिने र तत्काल उद्धारका लागि परिचालन गर्ने रहेको छ ।
यातायात व्यवस्थापनमा वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, पासाङल्हामु यातायात र गोसाईंकुण्ड टाटा सुमो प्रालिबाट धुन्चे बजार क्षेत्रमा हुने ट्राफिक जामको व्यवस्थापन गरिनेछ । घोडा निश्चित पार्किङ स्थलको व्यवस्थापन गरी घोडाचढीको व्यवस्थापन, अनुगमन र व्यवस्थापनमा स्थानीय तह, जिप्रका लारानिका, उद्योग वाणिज्य कार्यालय, रसुवा उद्योग वाणिज्य र चेम्बर अफ कमर्स, होटेल व्यवसायी सङ्घले धुन्चेदेखि गोसाईंकुण्डसम्मको सम्पूर्ण क्रियाकलापको अनुगमन र सहजिकरण गर्नेछ ।
आर्थिक व्यवस्थापनमा गोसाईंकुण्ड क्षेत्र विकास समिति रहेको छ । यसले मेलामा हुने खर्चलाई व्यवस्थापन गर्न आर्थिक सङ्कलन गरी आयव्ययको विवरण राख्ने रहेको छ ।
समन्वय तथा आन्तरिक व्यवस्थापन गोसाईंकुण्ड क्षेत्र विकास समिति ले सरोकारवाला संघसंस्था र कार्यालय हरू सँग समन्वय गर्ने,बत्ती व्यवस्थापन,पुजारी व्यवस्थापन,गोरखनाथ बाबा को टोलीको व्यवस्थापन उपसमिति हरू बाहेक का आवश्यक क्रियाकलाप हरू गर्ने, थर्पु होटेल तथा लज र घोडाचढी व्यवस्थापन, होटेल व्यवसायी समितिले मिनिगोसाईकुण्डदेखि गोसाईंकुण्डसम्मका अस्थायी व्यवसायीहरूलाई समूहगत रूपमा व्यवस्थापन गरी बाटो सरसफाइ र बाटोको झाडी फडानी गर्ने धुन्चे बजारदेखि गोसाईंकुण्डसम्मका व्यवसायहरूलाई समूहगत रूपमा व्यवस्थापन गर्ने लगायतका गतिविधि हरू रहेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक समन्वयमा रसुवा महिला सञ्जाल, माइती नेपाल नेपाल रेडक्रस, सञ्चारकर्मीहरूले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूमा पर्ने समस्या हरूलाई समन्वय गर्ने र जटिल समस्या परेमा उद्धार गर्ने जस्ता क्रियाकलाप रहेका छन्। साउन २१ गते प्रतिपदादेखि मेला सुरु हुने भए तापनि २८ गते पुत्रदा एकादशीबाट मानिसहरूको भिड लाग्ने छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारी सुरक्षा निकायका प्रमुखहरू विभिन्न कार्यालयका प्रमुख लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।