तामाङ बौद्ध सेवा समिति संगमटोल–१३ पोखराद्वारा आयोजित विशेष सम्मान कार्यक्रमद्वारा डा. दिनेश स्याङबो तामाङलाई सम्मान गरिएको छ।
डा. तामाङ इटालीको सियाना विश्वविद्यालयबाट छन् । प्रविधि विषयमा (पिएचडी) हासिल गरी नेपाल आएको हो।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. गणेशमान गुरुङले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै यो सक्षम व्यक्तिलाई देशमै अडिरहने वातावरण सृजना अहिले पनि नभएको र हरेक क्षेत्रमा नातावाद र कृपावाद हाबी रहेको तितो यथार्थ उनले पोखेका थिए ।
‘लाखौँ खर्चेर अनेकन् सङ्घर्षले अध्ययन सकेर देश फर्केका युवालाई जागिरमा नियुक्ति गर्दा कुन पार्टीको,कसको मान्छे भनेर सोधेर मात्र नियुक्ति गर्छ भने यो भन्दा दुखद के हुन सक्छ ?सक्षम व्यक्तिले देशमा क्षमता अनुसारको पारिश्रमिक नपाउनु अर्को दुखद पक्ष हो’ गुरुङले भने ।
यद्यपि हरेक मानिसमा मानवीयता, सामाजिक राजनैतिक चेतना भने हरेकमा हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा रहेको पनि उनले प्रस्ट्याए ।
कार्यक्रम सम्मानित भए पश्चात् डा. तामाङले आफ्नो शैक्षिक यात्राको अनुभव साटिएको थियो। अध्ययनको क्रममा आफ्नो लक्ष्य तय भइसकेपछि धैर्यता, निरन्तरता र कडा परिश्रम नै अचुक कडी हो ।
कार्यक्रममा नेपाल तामाङ सङ्घीय घेदुङका उपाध्यक्ष दीपक तामाङ,जिल्ला घेदुङ कास्कीका सचिव मिनमाया तामाङ, साथै महानगर घेदुङ पोखराका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो लगायतका व्यक्तिहरूले बधाई तथा शुभकामना मन्तव्य राखिएको थियो ।
उपाध्यक्ष शेरजङ बाइवाको स्वागत मन्तव्य, सचिव पवित्रा तामाङको सञ्चालन रहेको कार्यक्रम संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।