तामाङ समाज क्रोएसिया बुद्ध मार्ट गोल्डकपको फाइनलमा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
364 Shares
जाग्रेब, क्रोएसिया

तामाङ समाज क्रोएसिया बुद्ध मार्ट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तामाङ समाजले शनिबारबाट सुरु भएको गोल्डकपमा आयोजक व्हाइटलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

क्रोएसियाको जाग्रेबस्थित एरिना सेन्टरमा भइरहेको प्रतियोगितामा तामाङ समाजले आयोजक व्हाइटलाई १,का विरुद्ध ३,गोलले पराजित गरेका हुन् । खेल अबधिभर बुद्ध मार्ट व्हाइटलाई तामाङ समाजले दबाबमा राखेका थिए ।

आफ्ना खेलाडीहरुले सोचेभन्दा राम्रो खेलेको प्रशिक्षक अर्जुन मोक्तानले बताए ।` यहि रफ्तारमा हाम्रो खेलाडीहरुले खेल्यो भने टिम प्रथम हुनबाट कसैले रोक्न सक्दैन, ` प्रशिक्षक मोक्तानले भने ।

तामाङ समाजको खेल संतोषजनक रहेको टीम मेनेजर जीवन ग्लानले बताए । उनका अनुसार टिम र प्रशिक्षकको मेहनत खेलमा देखिएका छन् । टीमलाई फाइनलमा केही गार्‍हो भएपनि जित हात पार्ने मेनेजर ग्लानको भनाई थियो ।

तामाङ समाजका टिमका कप्तान सुरेन्द्र योन्जन तामाङ हुन् । त्यसैगरी टिममा निकेश तामाङ, प्रवीण राई, सुनिल लिम्बु, रोमन गुरुङ, मनोज अधिकारी, अलेक्स श्रेष्ठ, डेबिट थापा मगर, सोम ग्लान तामाङ, सुवास तामाङ रहेका छन् । खेलाडी संयोजक भने तामाङ समाजका सचिव बुद्ध लामाले गरेका हुन् ।

फाइनलमा तामाङ समाजले लाफा फूटबल क्लबसँग भिड्नेछन् । यसअघि क्वाटरफाइनलमा तामाङ समाज क्रोएसियाले डीआरएसलाई पराजित गरेका थिए ।

प्रतियोगितामा १४ टीम सहभागी छन् । आइतबारनै समापन हुने भनिएको प्रतियोगिता समय अभावका कारण सोमबारसम्म लम्बिएका हुन् । बुद्ध मार्ट गोल्डकपको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने टीमले शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

गोल्डकपको आयोजना बुद्ध मार्टले गरेका हुन् । बुद्ध मार्टले यसअघि प्रथम लाफ गोल्डकप उचाली सकेको छ । शनिबार बुद्ध र मन्डला इभेन्ट्सको संयुक्त आयोजनामा सुन्तली-धुर्मुसको साँझको आयोजनासमेत गरिसकेका छन् ।

थप यो पनि 

तामाङ समाज क्रोएसिया बुद्ध मार्ट गोल्डकपको क्वाटरफाइनलमा

तामाङ समाज क्रोएसिया लाफा गोल्डकपको क्वाटरफाइनलमा

तपाईको प्रतिक्रिया