अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन सम्वाददाता
28 Shares
कञ्चनपुर

भिमदत्त नगरपालिका-१ भाँसी प्रगती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१ बाह्रकुण्डा बस्ने ४४ वर्षीय सुवास बिष्ट र बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय हर्केस धानुक रहेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया