जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका नेता श्रवणकुमार अग्रवालको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले शोक विज्ञप्तिमार्फत अग्रवालको निधनले पार्टीलाई स्तब्ध बनाएको भन्दै मृत आत्माको चीर शान्तिको कामना गरेको छ ।
“अग्रवालको निधनले पार्टीलाई स्तब्ध बनाएको छ, उनको निधनले देश, समाज तथा जसपा नेपाललाई अपूरणीय क्षति भएको छ”, विज्ञप्तिमा भनिएको छ जसपा नेपालको विसं २०६५ देखि एकताको राष्ट्रिय महाधिवेशनसम्म केन्द्रीय समिति सदस्य तथा पहिलो र दोस्रो संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा यही साउन २१ गते निधन भएको थियो ।