एनआरएनएको मतदान सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को मतदानसुरू भएको छ । दिउँसो ३ बजेबाट सुरू हुने भनिएको मतदान बेलुकी ९ बजेबाट सुरू भएको हो ।

नवौँ एनआरएनए विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन होटल हायातमा मंगलबारबाट मतदाताको भीड लागेको थियो । ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । २४ सय जनाले मतदान गर्नका लागि नामावली प्रकाशित गरेको छ ।

मतदाताले पासपोर्ट अथवा कुनै परिचय खुल्ने परिचय पत्रको आधारमा मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।

मतदान प्रक्रिया ढिला भएको कारण केही बेर अघि मतदाताहररुले नाराबाजी गरेको थिए । उनीहरुले चुनाव बहिस्कारको नाराबाजीसमेत गरेका थिए । चुनावमा खटिएका सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

सम्बन्धित समाचार

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका