बर्दिवासमा फेला परेको १२ हजार बर्ष पुरानो हतियार कारखानाले यसरी समृद्धिको वनाउदै छ

बिशाल बस्नेत सम्वाददाता
28 Shares
महोत्तरी 

सन १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरुको विषयहरुमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आईन तब नेपालका पुरातात्त्विक गौरवहरु उदागों वने । ढुंगे युगदेखी नै मानिसहरुको चहलपहल भएको बिषयले मात्र हैन हजारौ बर्ष पुराना अवशेषहरुले नेपालका भुमिहरु विश्वका पुरातात्त्विकविदहरुका लागि सर्वाधिक आकर्षण वने ।

उनै कर्विन्सले १० बर्ष लगाएर अध्यण गरेको मधेश प्रदेशको महोत्तरीस्थित पाटुको भुमी विश्वमा नै चर्चाको विषय वनेको छ ।

विख्यात भुगर्भविद कर्विन्सले गरेको अध्यणपछी सोही ठाउँमा पत्ता लगाईएको मध्यपाषण युगको हतियार कारखाना यतिवेला आम मानिसको चर्चा र कौतहुल वनेको छ ।

कर्विन्सले २००७ मा प्रकाशित गरेको किताब `प्रिहिस्टोरिक कल्चर इन नेपाल´ बाहिर आएपछि यो भुमीको थप रहस्यहरु उजागर  वन्यो । उन्ले उक्त किताबमा रातु नदीसगैँ जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार बर्ष पहिला अर्थात मध्यपाषण युगमा मान्छेहरुको वाक्लो चहलपहल रहेको उल्लेख गरेकी छन ।

तत्कालिन समयमा मानिसहरुले प्रयोग गर्ने हतियारहरु समेत त्याही वनेको कर्विन्सले विश्वलाई कितावको माध्यमवाट सविस्तार वर्णान गरिन । जुन वेला मानिसहरु ढुंगाको हतियार वनाएर सिकार खेल्ने र जिविकोपार्जन गर्ने गर्दथे ।

मध्यपाषण युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ । अहिलेको पाटु गाउँ वि.स. २०२० को दशकमा वस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १२ हजार बर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछी स्थानियहरु समेत अचम्मित वनेका छन ।

`बन्चरो जस्ता ढुंगा, धारिलो अनौठा ढुंगाहरु जंगल जादा भेटिन्थ्यो । संचार माध्यमवाट पाटु १२ हजार बर्ष पुरानो सभ्यता भएको थाहा पाएपछी हामिले त्यस्ता आकृतिका ढुंगाहरुको खोजी गरिरहेका छौ ।´ स्थानिय रमेश पौडेलले भने । `यो भुमी पुरातात्त्विक पर्यटनका हिसावले उर्वर रहेछ ।´
चुरेसगैँ जोडिएको यो गाउँमा पाल टागेर ३५ बर्ष अगाडि कर्विन्सले १० बर्ष लगाएर अध्यण गरेकी थिइन ।

स्थानिय, प्रदेश र संघिय सरकारले याँहाको प्रागऐतिहासिक विषयमा चासो देखाएतापनी यस्को संरक्षण र पर्वद्वन कसरी गर्ने भन्ने बिषयमा कुनै योजना वनाउन सकेको छैन ।

उधोग बाणिज्य संघको चासो

पुरातात्त्विक हिसावले निक्कै रहस्यमय भएको यस ठाउँमा बरु उधोग बाणिज्य संघ बर्दिवासले निक्कै चासो देखाएको छ ।

पुरातात्त्विक पर्यटिकिय गन्तव्यकोरुपमा विकास गर्न कयौ पटक संघका अध्यक्ष बिष्णु खडकाले छलफल समेत चलाएका छन ।

उन्कै नेतृत्वमा  यसअघि तत्कालिन पर्यटन मन्त्री सुदन किराँतीलाई प्रतिवेदन समेत वुझाईएको थियो । फलस्वरूप संघिय सरकार र प्रदेश सरकारले झण्डै ८० लाख वजेट विनियोजन गरेको छ ।

मध्यपाषण युगको हतियार कारखाना जुन वेला मानिसहरुले ढुंगाका हतियार बनाउथे । सोही हतियारहरु कर्विन्सले रातो माटोभित्र हजारौ संख्यामा रहेको पत्ता लगाईन ।

तत्कालिन समयमा हतियार कारखानाकोरुपमा नै प्रयोग भएको उक्त ठाउँमा ठुलो संख्यामा मानिसहरुको बसोबास मात्र हैन अन्यत्रवाट पाटुमा नै केन्द्रित हुने गरेको कर्विन्सको अध्यणमा उल्लेख छ ।

`उन्ले पत्ता लगाएका केही हतियारहरु हामिले पुरातात्त्विक विभागमा समेत गएर अवोलोकन गर्‍यौ ।´ अध्यक्ष खडकाले भने । `वास्तवमा नै यो ठाउँलाई विश्वको नै ठूलो अध्यण केन्द्र वनाउन सकिने आधारहरु देखिएका छन ।´

अहिले उधोग बाणिज्य संघ बर्दिवासको नेतृत्वमा नै पुरातात्त्विक पर्यटनको आधार तयार गर्न विषयगत समिती समेत वनाइएको छ । रातु-राईमण्डल पुरातात्त्विक पर्यटन विकास क्षेत्र समिती नामांकरण गरिएको समितिले पुरातात्त्विकविदहरुसगँ छलफल गरेर गुरुयोजना समेत तयार गर्ने प्रक्रिया अगाडि वढाइएको छ ।

नेपालमा नै पहिलोपटक ठूलो पुरातात्त्विक पर्यटकिय केन्द्र बन्न सक्छ : पुरातात्त्विकविद

संचार माध्यमवाट निरन्तर समाचार आएपछी देशैभरीका पुरातात्त्विकविद्वहरुले पाटुको मध्यपाषण युगको हतियार कारखानाको विषयमा चासो व्यक्त गरेका छन ।

`बर्दिवासमा देखिएको चासोले यो ठाउँ विश्व कै पुरातात्त्विक पर्यटन केन्द्र  वन्न सक्ने महत्वपूर्ण आधारहरु देखिएको छ ।´ भुगर्भविद्व प्रकाश दर्नालले भने । `संघ र प्रदेशले उक्त ठाउँको विकासको लागि बजेट विनियोजन गरेको सुनेको छु । गुरुयोजना वनाएर काम गर्नुपर्छ ।´

पुरातत्त्व विभाग काठमाण्डौका कर्मचारीहरु पाटुका विषयमा कर्विन्सले अन्य धेरै बिषय पत्ता लगाएको हुँदा थप अध्यण हुन जरुरी देखिएको वताउछन ।

कर्विन्सले पत्ता लगाएको उक्त अवशेषहरुलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । कितावमा रातो माटोमुनि हजारौ, करोडौ संख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा रहेको उन्ले उल्लेख गरेकी छन ।

यि सवै सम्पदाहरुलाई संरक्षण गर्न र ऐतिहासिक पर्यटकिय केन्द्रकोरुपमा विकास गर्न सरकारले देखाएको तत्परताले उत्साहित वनाएको अर्का पुरातात्त्विकविद्व सोमनाथ सापकोटा वताउछन ।

`पाटुको विषयमा थुप्रै गौरवपुर्ण इतिहास हामिले पत्ता लगाएका छौ । स्थानिय सरकारले यस्मा विशेष चासो देखाउनुपर्छ ।´ सापकोटाले भने । `कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगको हतियारको राजधानी, सर्पहरुको राजधानी, वि.स. १२१८ को शक्तिशाली भुकम्पका विषयमा याँहा थुप्रै रहस्यहरु छन ।´

वि.स. १२१८ को शक्तिशाली भुकम्पले वनाएको पहाड

नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।

यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।  भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो ।

इतिहासकारहरुको अनुसार तत्कालिन समयमा समथर र केही माथी उठेका चुरे पहाडहरु झन माथी उठेको वताईन्छ ।

त्यसैमध्ये भुकम्पको प्रभाव कै कारण सवैभन्दा ठुलो पहाड वनेको पनि पाटुको उपल्लो क्षेत्र अर्थात राईमण्डलको वरपर नै रहेको वताईदै आएको छ ।

झण्डै ८ सय बर्ष पुरानो जिवित इतिहासलाई भुकम्पको कारण माथी उठेको यसै ठाउँको एउटा टापु प्रमाणकोरुपमा उभिएको भुगर्भविदहरु वताउछन ।

भुगर्भविद्व सोमनाथ सापकोटाका अनुसार पिएचडीका विद्यार्थीहरुले पाटुमा नै थुप्रै अध्यण र अनुसन्धान गरेर जर्नलहरु प्रकाशित गरेका छन ।

कर्विन्सले फेला पारेको मध्यपाषण युगको सभ्यतासगैँ देखिएको ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरातात्त्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न सकिने सापकोटा वताउछन ।

स्थानिय क्षेत्रमा विषयगत संस्थाको पारम्भ

हजारौ बर्ष पुरानो मानवसभ्यता र यस्का अवशेषहरु फेला परेको विषय स्थानिय पत्रकारले निरन्तर फ्लोअप गरेपछी विषयगत संस्था दर्ता प्रक्रियामा अगाडि बढेको छ ।

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाको संयोजकत्वमा वनेको समितिमा १३ जनाको तदर्थ समिती  छ ।

उपाध्यक्षमा पोषण थापा, महिला उपाध्यक्षमा बिन्दा कुमारी थापा, सचिव उत्तम कुमार श्रेष्ठ, स-सचिव दिपेश सापकोटा, कोषाध्यक्षमा हेम कुमारी वराल, सदस्यहरुमा उषा ढकाल, विशाल बस्नेत, सम्भु भट्टराई, नारायण अधिकारी, बैकुण्ठ देवकोटा, अर्चना न्यौपाने लगायतका छन ।

संस्था दर्ता प्रक्रिया औपचारिकरुपमा सकिएपछि छलफल र विज्ञहरु राखेर योजना तयार गर्ने संयोजक खडकाले वताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका