भारतले सेन्ट्रल एसयिन भलबिल एसोसएिसन (काभा) महलिा नेशन्स लिग भलबिलको उपाधि जतिेको छ ।त्रिपिुरेश्वरस्थति राष्ट्रयि खेलकुद परषिद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३-२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा नर्णिायक सेट १५-५ को जति निकाल्दै भारतले उपाधि जितेको हो ।
खेलको पहिलो सेट नेपालले जित्यो। करिब ३० मिनेट चलेको उक्त सेट नेपालले २५-२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतस्पिर्धात्मक बनेको सेट २१-२३ को स्थतिलिाई सुधार्दै नेपालले २३-२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।
खेलको दोस्रो सेट भने नेपालले गुमायो । करबि २१ मिनेट चलेको सेटमा भारतले नेपालवरिुद्ध २५-१४ को जित निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५-२२ ले जित्यो। खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घसिङिलगायतको उपस्थति थियो ।