होटल संघ नेपाल (हान)ले आयोजना गरेको पर्यटन संवाद सम्पन्न भएको छ । आज (बिहीबार) काठमाडौंस्थित शंकर होटलमा आयोजित कार्यक्रममा हानका अध्यक्ष बिनायक शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेयलाई पर्यटन संवादबाट उठेका समस्या र सुझावहरु बुझाएका हुन् ।
हानले नेपालको समग्र पर्यटन तथा आतिथ्यता क्षेत्रका बस्तुस्थिति एवम् नीति नियम उजागर गर्ने उद्देश्यले होटल संघ नेपालले पर्यटन संवाद आयोजना गरेको छ । मन्त्रालयका सचिव पाण्डेयले भने,‘हामीले सबैले मिलेर पर्यटनको विकासमा समन्वय गर्नुपर्छ । पर्यटन एक रचनारत्मक क्षेत्र हो ।नकारात्मक विषयवस्तुलाई चि¥दै सकारात्मकतर्फ केन्द्रित हुनुपर्छ । सबैसँग सहकार्य गरेर जानुपर्छ । ’ उनले भने हान पनि पर्यटन मन्त्रालयको एक सम्पत्ति हो ।
वशेष गरेर हानले पाँच सत्रमा पाँच विषयमा छलफल गरेको छ । वृहत पर्यटन सरोकार र प्राथमिकता, नशक्ति विकास र रोजगार प्रवद्र्धन ,पर्यटन पूर्वधार र पहुँच, पर्यटन प्रवद्र्धन र बजारीकरण र गन्तव्य विकास, पर्यटन समृद्धिका लागि नीतिगत सुधार जस्ता विषयमा पर्यटन संवाद गरेको हो । छलफलमा स्थापनाकालदेखि नै आवद्ध भएका हानका आधिकारीक अधिवक्ता प्रा.डा गान्दी पण्डीतले भने पर्यटनमा क्षेत्रीय र राष्ट्रिय समस्याहरु भएको बताए । नेपालमा पर्यटन नीति नहुँदा यी समस्याहरु छ निम्तिएको उनले बताए । हानले पर्यटन नीति ल्याउनु पर्ने उनले सुझाव दिए ।
हान लगायत विभिन्न पर्यटन संघ सस्थाहरुले सरकारसँग हवाई यातायातसम्बन्धी सहकार्य गरी काम गर्नुपर्ने बताए । हजारौं संख्यामा उद्योग सिर्जना गर्ने र सहयोग दिने पर्यटन क्षेत्रलाई उद्योेगको मान्यता नदिएको उनले भने । सानो तथा ठलो होटलहरुमा भएका सम्याहरुलाई सरकारको ध्यान नगएको पनि उनले टिप्पणी गरे । कोशी प्रदेशबाट हानका अध्यक्ष गरेका राजन श्रेष्ठले भने,‘नेपाल पर्यटकले ठूलो सम्भावना भएको देश हो । कोशी प्रदेश धेरै पर्यटन सम्भावना भएको देश हो ।
सगरमाथामा,पदयात्रा, हिलस्टेशन लागि सम्भावना बाकेको देश हो । थुप्रै भारतीय पर्यटकहरु धार्मिक एवम् सहासिक मज्जा लिन आउँछन् । तर भारतीय पर्यटकहरु नेपाल आउँदा उनीहरुलाई एक सयभन्दा माथिको पैसा साटने सुविधा छैन । साथमा २५ हजार पनि ल्याउन प्रावधान छैन । गाडीबाट आउने पर्यटकहरुलाई रोकेर सास्ती दिइन्छ र यसका लागि अस्थाइ अनुमति गाडी नम्बर दिने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । मधेस प्रदेशबाट हानका अध्यक्ष विजय जुुंनझुनवालाले भने,‘ पर्यटकहरुलाई सहज हुनका लागि जनकपुर निजगढको बाटो , जनकपुरको रेलवेको छिटो बनाउनुपर्छ ।’ बागमती प्रदेशका हानका अध्यक्ष राम कुमार पुरीले भने,‘ हामी नेपालमा होटल दर्ता गर्न ११, १२ वटा ठाउँ जानुपर्ने झन्झट छ ,छिटै यसको एकद्वार प्रणानी बनाउन पर्यो ।’
हानका महासचिव साजन शाक्यले भने,‘ नेपालमा पर्यटन २०१९ मा अहिले करिब १२ लाख पर्यटक नेपालमा भित्रिएको देखिएको छ । नेपालमा पर्यटक भित्र्याउन नसक्नेको मुख्य कारण भनेको हवाइ कारण हो । भारतबाट नेपालमा पर्यटकहरु भित्रियाउन सके नेपालको पर्यटनमा ठलो सहयोग मिल्ने छ । हाल ठमेल पनि २४ औं घण्टा खल्ला गरिएको छ ।
लुम्बिनी प्रदेशका हानका अध्यक्ष चन्द्र प्रसाद (सीपी)श्रेष्ठले भने आर्थिक विकास गर्ने, रोजगार विकास गर्ने भनेको पनि पर्यटन नै हो । हाम्रो देशको स्थिती हेर्दा एकदम दयनीय अवस्था छ । भैरहवा विमानस्थलबाट जजीरा एयरलायन्सले विभिन्न छुट माग्दा वास्ता नगरेको उनले बताए । ’कर्णाली प्रदेशका अध्यक्ष दुर्गाबहादुर बस्नेतले भने,‘ यहाँका सडक र हवाइ यात्रा कन्नेक्टीभिटीको कारण पिछिडिएको छ । कर्णाली विकट होइन विराट बनाउनु पर्छ ।’ समग्र कर्णालीको भावी योजना र पर्यटकको सम्भावनाको बारेमा रुचि देखाउनु जरुरी रहेको उनले बताए ।
रुपेश श्रेष्ठको मध्यस्तकर्तामा जनशक्ति विकास र रोजगार प्रवद्र्धन सम्बन्धी पर्यटन संवाद भएको थियो । प्यानलमा ,सिटीभिटीका निर्देशक टेक बहादुर मल्ल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव गोविन्द रिजाल ,नाथमका सह–सचिव संगिता ओझा, इनस्योर(भ्ल्क्क्ग्च्भ्)का टीम लीडर रवीन्द्र बी सिंह, पूर्व एनटीबी बोर्ड सदस्य र पर्यटन उद्यमी पम्फा धमला, र हानका कोषाध्यक्ष युवराज श्रेष्ठ रहेका थिए । पर्यटन पूर्वाधार र पहुँच सम्बन्धी पर्यटन संवादमा सुमन घिमिरले मध्यस्तकर्ता गरेका थिए । प्यानलहरूमा सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर अमित कुमार शर्मा, काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन प्रवद्र्धन विभाग निर्देशक कुमारी राई, वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष माजोज कार्की , नेपाल पर्यटक वाहन संघका अध्यक्ष वेदराज बास्तोला र हानका दोस्रो उपाध्यक्ष दिनेश तुलाधर रहेका थिए ।
चौथो सत्रमा विजय अमात्यले पर्यटन प्रवद्र्धन, मार्केटिङ र गन्तव्य विकास सम्बन्धी मध्यस्ता गरेका थिए । हानका निवर्तमान अध्यक्ष सृजना राणा, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, टानका कोषाध्यक्ष पुरुषोत्तम तिमलसिना, एनएमएका महासचिव मोहन लम्साल, नेपाल टुरिजम बोर्डका निर्देशक लक्षमण गौतम ,नाराका अध्यक्ष्य शिव अधिकारी र पाटाका अध्यक्ष खेम लकाईले प्यानलमा छलफल गरेको थिए ।अन्तिम सत्रमा दीपकराज जोशीको मध्यस्तमा पर्यटन समृद्धिका लागि नीतिगत सुधार सम्बन्धी पर्यटन संवाद भएको थियो ।
प्यानलहरूमा राष्ट्रिय योजना आयोग माननीय सदस्य गंगा दत्त अवस्ती, एनटिबीका उपाध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’, पूर्व गभर्नर एवम नेपाल राष्ट्र बैंकका सचिव दीपेन्द्र पुरुस ढकाल,पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित , हानका पूर्व अध्यक्ष योगेन्द्र शाक्य र एनटीबीका पूर्व प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठ रहेका छन् ।