तामाङ म्युजिक भिडियो ‘सेम ह्रो’ शुक्रवार सार्वजनिक भएको छ ।
तामाङ भाषामा बनेको यो म्युजिक भिडियोले समुदायको परम्परागत सङ्गीत र नृत्यलाई समेटेको छ, तामाङ भाषामा प्रेमका गहिरा भावनाहरूलाई झल्काउने शब्द हो, जसलाई गीतले पूर्ण रूपमा अभिव्यक्त गरेको छ।
म्युजिक भिडियोले माया पिरतीको भावलाई प्रस्ट्याएको छ । भिडियोमा परम्परागत तामाङ भेशभूषा, सङ्गीत र नृत्य शैलीले यसको सांस्कृतिक महत्वलाई अझ गहिरो बनाएको छ।
म्युजिक भिडियोको निर्देशन त्रिलोक लामाले गरेका हुन् । जसले तामाङ समुदायको सांस्कृतिक मौलिकता र सौन्दर्यलाई यथासम्भव जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।
भिडियोले विशेष गरी सामाजिक सञ्जालमा ‘सेम ह्रो’ म्युजिक भिडियोको गीत, सङ्गीत र प्रस्तुतीकरणको धेरै प्रशंसा भइरहेको छ।
गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ । यस्तै प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएका छन् ।
भिडियोमा भने गायक प्रकाश लामा, नायिका सुष्मा मोक्तान र सुष्मा योन्जनको अभिनय रहेका छन् ।
सेम ह्रो’ गीतको म्युजिक भिडियोमा प्रेमिल जोडीको कथालाई प्रस्तुत गरिएको छ, जसले तामाङ समुदायको जीवनशैली र परम्परालाई समेत दर्साएको छ। यो गीतले न केवल तामाङ समुदायमा, तर अन्य समुदायमा पनि प्रेमको अर्थ र महत्वलाई पुनः परिभाषित गरेको छ।
गीतले प्रेमको सन्देशलाई समाजभर फैलाउन मद्दत पुर्याएको छ। तामाङ संस्कृतिको गर्व र पहिचानलाई जोगाउनका लागि यो गीतले महत्त्वपूर्ण योगदान पुर्याएको छ।
म्युजिक भिडियो सम्पादन पनि उनले नै गरेका हुन्।
गीत सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गायक एवं सङ्गीतकार चन्द्रकुमार दोङले हामीले संगीतिक दुनियाँलाई के दिन सकिन्छ भन्ने सोच्नुपर्ने बताए । उनले गीत प्रशंसायोग्य रहेको बताउँदै दर्शकले रुचाउनेमा विश्वस्त भएको बताए ।
रोजन लामा क्षितिजको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्व दोङ, कुमार मोक्तान, अमिर दोङ, सुशील लामा, राजु लामा, सुजन लामा, अमिर लामा, बुद्धिमान लामा, प्रकाश लामा, आसमान लोप्चन, सुजन मोक्तान, राजु तामाङ, मनोज योन्जन तामाङ, प्रयास दोङ, मिलन लामा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।