एनआरएन मध्यपूर्व उपसंयोजकमा अर्याल निर्विरोध

सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौ

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को नवौ विश्व सम्मेलनबाट मध्यपूर्व उपसंयोजकमा राजेन्द्र(जोन) अर्याल निर्विरोध चयन भएको छ । अर्यालसँगै मध्यपूर्व संयोजकमा प्रबिन गुरुङ र उपसंयोजकमा मनोज गोर्खाली निर्विरोध चयन भएको हो ।

यसैबीच एकजनाले मतदान गरेलगत्तै भोटिङ मेसिन बिग्रेपछि मतदान स्थगित गरिको छ । बिहीबार १० बजेबाट पुनः मतदान हुने निर्वाचन समितिले जानकारी दिए ।

एनआरएन नवौं अधिवेशनबाट २०१९-२०२१का लागि चयन भएका उपसंयोजक अर्याल साउदीमा कार्यरत छन् । यसअघि आइसीसी सदस्य रहेका उनी २०१३ मा एनआरएन आबद्ध भएका हुन् ।

नवनिर्वाचित उपसंयोजक अर्यालले निर्विरोध चयन गर्न अहोरात्र खटी सहयोग गरेका एनआरएनमा आबद्ध अग्रज तथा सहकर्मीहरुलाई धन्यवाद दिए । नेतृत्वहरुले पनि यसरी सहमति र सहकार्य गरी संस्थामा राजनीति गन्ध आउन दिन नहुने अर्यालले बताए । श्रमिकहरुका समस्या र अवस्था नजिकबाट नियालेर अध्ययन गर्न र परिस्थिति अनुसार नेपाली दूतावाससँग समन्वयात्मक भूमिका निर्वाह गरी श्रमिकका हकहितका लागि खट्ने छु, अर्यालले भने ।

सन् २०१३ देखिको निरन्तर एनआरएनमा रहेका अर्यालले अनुभवलाई निखार्ने समय आएको बताए ।

पाल्पा रम्भा गाउँपालिका-१, असेर्दीका अर्याल सन् १९९९ नोभेम्बरमा साउदी प्रवेश गरेका थिए । उनले सन् २००४मा अल बदर ट्रेडिङ इष्ट कम्पनी दर्ता गरी दमाममा व्यवसाय सुरु गरेका थिए ।

उपसंयोजक अर्यालको चुनावी घोषणापत्र :

१) एनआरएनका उद्देश्यहरू प्राप्तिका लागि यो अभियानको एक सक्रिय सदस्यका रुपमा आफूलाई उभ्याउने छु ।
२) एनआरएनका साझा उदेश्यहरू लक्षित समूहमा पुर्‍याउन सक्रिय रहनुका साथै मध्यपूर्वका नेपालीको हितमा उच्चतम कार्य गर्न गराउन पहल गर्नेछु ।
३) मध्यपूर्व उप संयोजकको पदीय जिम्मेबारी इमान्दारी पूर्वक निर्बाहमा संस्था र प्रबासि कामदार प्रतिको मेरो दायित्व निष्पक्ष र सबैप्रति समभाव राख्नेछु ।
४) विश्वका अरु देशका एनआरएन र केन्द्रसँगको सम्पर्क, सहकार्यमा आफ्नोतर्फबाट गर्नुपर्ने सम्पूर्ण काममा सक्रिय रहनुका साथै यहाँका समस्याहरुको निराकरणका लागि विशेष भूमिका खेल्नुकासाथै केन्द्र मार्फत उक्त समस्याको निराकरणका लागि स्पष्ट कार्य नीति तर्जुमा गर्न पहल गर्नेछु ।

५) विद्यामान असङ्ख्य सङ्घ संस्थाहरूलाई एनआरएनसँग जॊड्न पहल गर्नेछु । मध्यपूर्वमा रहेका अन्य सामाजिक संस्थाहरुसँग समन्वय, सहकार्य गरी सुमधुर समबन्धको विकास गर्दै हाल रहेका र भबिष्यमा आइपर्ने समस्याहरू सामुहिकपहलको आधारमा समाधान गर्ने परम्पराको विकासमा टेवा दिनेछु ।

६) बैदेशिक रोजगारीमा आएका हामी सबै मजदुर नै हौ । त्यसैले एनआरएनलाई मजदुरमुखि र तिनको हक,अधिकारको सुरक्षा गर्दै, मजदुर मैत्री एनआरएन बनाउनमा पहलगर्नेछु ।

७) बैदेशिक रॊजगार ऎन २०६४ परिच्छेदकॊ दफा ३४, ३५, ३६, ३७मा स्पष्ट उल्लेख गरिएकॊ रॊजगारदाताले करार अनुसारकॊ सेवा शर्त पालना नगर्दा पाइने न्याय तथा क्षतिपुर्तिकॊ अधिकार परिच्छेद ९ कॊ धारा ५३ अनुसार नेपाल सरकारले तॊकिदिएकॊ सेवा शुल्कभन्दा बढी लिएमा हुने सजाय जस्ता प्रशस्त कानून कामदारकॊ हकमा छन्दाछदै पनि नेपाल सरकार,बेदेशिक रॊजगार बिभागले उपरॊक्त कानूनकॊ कडाइकासाथ पालना गर्न गराउन र पीडित कामदारलाई न्याय र क्षतिपुर्ति दिलाउन सरॊकारवालाहरू गम्भिर ध्यानाकर्षण गराउने र अनुगमन गर्ने ।

८) मर्यादित बैदेशिक रॊजगार र श्रमकॊ उचित ज्यालाकॊ ग्यारेण्टि गर्न कमदारका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्न गराउन पहल गर्ने ।

९) स्थानीय कानूनकॊ पालना र आफ्ना काम कर्तव्य र अधिकार (करारमा उल्लेखित सेवा सुबिधा नपाएमा कहाँ र कसरी उजुरी गर्ने) बारे सचेतना अभियान चलाउन पहल गर्ने ।

१०) नेपाल भर्मण वर्ष २०२० तथा अथिति देवो भव अभियानलाई हामी सबैको गर्वको अभियानबनाउनको लागि हरेक मध्यपूर्वका एनआरएन एनसीसीसँग समन्वयगर्दै प्रचार, प्रसार एवं विविध प्रकृतिका कार्यक्रमको तर्जुमा गर्न नेपाल पर्यटन बोर्डसँग समबन्ध सेतु स्थापित गर्दै पहल गर्नेछु ।

११) आफू कार्यरत मुलुकका नागरिकहरूलाई नेपाल भ्रमणमा जान अभिप्रेरणा जगाउने कार्य गर्ने छु ।

१२) नेपाल सरकारका सम्बन्धित निकाय, एनआरएन र बिदेशस्थित कुटनैतिक नियॊगसँग समन्वय र सहकार्य गरी नेपाल र नेपालीका हकहितमा खट्नेछु ।

१३) एनआरएनकॊ अभियानलाई तल्लो तहसम्म पुर्याउन पहल गर्नेछु ।

१४) दुई दशकको प्रवास बसाइ र एनआरएनए अभियानबाट आर्जन गरेको ज्ञान र शिक्षालाई सही सदुपयोग गरी प्रवासी नेपाली श्रमिकको हितमा काम गर्नेछु ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका