नेपाल तामाङ मौलिक ह्वाइला न्हानले शनिवार चौथो वार्षिकोत्सव मनाएको छ ।
तामाङ समुदायको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले स्थापना संस्थाले समुदायको एकता र पहिचानलाई अझै मजबुत बनाउन ठुलो योगदान पुर्याएको छ। संस्थाले तामाङहरूको परम्परा, रीतिरिवाज, र सांस्कृतिक मूल्यमान्यताहरूलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
वार्षिकोत्सवमा पूर्वमन्त्री हित बहादुर तामाङले सम्बोधन गरेको थियो। उनले तामाङ समुदायको सांस्कृतिक धरोहरको महत्त्व र यसलाई संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए। तामाङले तामाङ समुदायका युवाहरूलाई आफ्नो संस्कृतिको बारेमा सचेत रहन र यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पूर्वमन्त्री तामाङले आग्रह गरे।
कार्यक्रममा तामाङ समुदायका विभिन्न प्रतिनिधिहरू, स्थानीय नेताहरू, र सांस्कृतिक कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण तामाङ समुदायका विभिन्न सांस्कृतिक समूहहरूद्वारा प्रस्तुत गरिएको गीत र अन्य सांस्कृतिक कार्यक्रमहरू थिए। तामाङ जुहारी कलाकार सङ्घ, दाङबोला ग्युइठिम तामाङ सङ्घ, र खान्दोके सेलो लगायतले सामुहिक प्रस्तुतिहरू राखिएको थियो ।
साथै तामाङ समुदायको चर्चित कलाकार वैरागी मोक्तान, जीवन बमजन फूलकुमार बमजन, सुमिना लो, सजन कुमार मोक्तान लगायतका साङ्गीतिक प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रम विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, भुम्लो गाउँपालिका उपप्रमुख जितेन्द्र तामाङ (दावा) सुनकोसी गाउँपालिकाकी उपप्रमुख कान्छी तामाङ, वरिष्ठ गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङ, नेपाल तामाङ घेदुङ नेपाल महासचिव जगतमान दोङ, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बल र गायक रोज मोक्तान, गायक एवं तामाङ तामाङ डाजाङका अध्यक्ष फूलकुमार बोम्जन लगायतका उपस्थिति रहेका थिए ।
कार्यक्रममा न्हानको अध्यक्ष सञ्जीव योञ्जन सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव ज्ञानु लामा तामाङले सञ्चालन गरिएको थियो ।