हिमाली जिल्ला रसुवामा जग्गा जमिनको लेनदेन कारोवार बढ्न थालेको छ।
संघियता कार्यान्वयनसंगै स्थानीय सरकारले ग्रामिण सडक निर्माण गरेको र गाउँ गाउँमा सवारी साधन गुढ्न थालेपछि सडकले छोएका र आसपासका क्षेत्रमा घर र घडेरीका लागि जग्गा जमिन विक्रीहुन थाले संगै मालपोतको रजिस्टेशन संख्या बढेको हो ।
मालपोत कार्यालयका कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा लेनदेन तथा बैङ्क वित्तिय संस्थाको धितो वापतको दृष्ट्रि बन्धक समेत कुल एक हजार एक सय ८९ लिखत पारित भएका हो ।
सो मध्ये सात सय ५१ थान व्याक्ति रव्याक्ति विच भू–स्वामित्व अदलवदलका लिखत र चार सय ३८ थान बैङ्क तथा सहकारी एवं लघुवित्त समेतका दृष्ट्रिबन्धक पारित भएको उक्त कार्यालयका अभिलेखकर्ता सहायक कर्मचारी छेक्याल तामाङले जानकारी दिए । उनी मालपोतको कार्य सञ्चालनमा उत्कृष्ट सीप भएको कर्मचारी बताउँछन्।
मृतक व्याक्तिका नामबाट एक सय तीन जनाको जमिन हक वालाको नाममा नामसारी गरिएको बताइएको छ । अधिल्लो वर्षको तुलनामा भू–स्वामित्व अदल वदलका काम १२६ प्रतिशतले लिखत संख्या बढेको हो ।
दृष्ट्रिबन्धक मार्फत घर जग्गाको रोक्का र लेनदेनको रजिष्टेशन , नामसारी समेतबाट रू एक करोड छ लाख २९ हजार ८११ राजश्व प्राप्त भएको छ।
रजिष्टेशन दस्तुरका लागि सयकडा तीन प्रतिशत तथा मरूवा नामसारीका लागि प्रति मिसिल दुई हजार छ सय राजश्व लाग्ने बताइएको छ।
गत आवमा पाँच सय जनाले जग्गा सम्वन्धि निति नियमका बारेमा जानकारी लिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । मालपोतको काम बारे आफुहरू सन्तुष्टि रहेको सेवाग्राहीले बताएका छन् ।
प्राप्त राजश्व नियमानुसार वाँडफाँड गरि रसुवाका पाँच वटा स्थानीय तह तथा प्रदेश सरकारको खातामा दाखिला भईसकेको जनाइएको छ।
राजश्व वाँडफाँड अन्तरगत नौकुण्ड गापाले १७ लाख २३ हजार ९०१/३४‚ कालिका गापाले १४ लाख २१ हजार ४२९/४४ उतरगया गापाले १० लाख ६१ हजार ४९९र४४ गोसाईकुण्ड गापा ११लाख ९४ हजार २६०/९३ हजार १७३/९५ आमाछोदिङ्मो गापा लाई तीन लाख ८३ हजार ४७४ र ४३ लाख ३८ हजार ३४/६८ प्रदेश सरकारको खातामा पठाई सकिएको मालपोत कार्यालयले जनाएको छ।