विपद व्यवस्थापन समिति रसुवाको वैठक सम्पन्न

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
196 Shares
रसुवा

जिल्ला को ५ वटै स्थानीय तहहरू संगसंगै सरोकारवाला हरू संग सहकार्य गर्दै विपद व्यवस्थापन कसरी गर्ने र कसरी सकिन्छ भनेर साउन २८ गते जिल्ला विपद व्यवस्थापन समिति रसुवाको अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजनामा कार्यालय को सभाहलमा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १६ बमोजिम जिल्ला विपद व्यवस्थापन समिति रसुवा को अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल,साहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारी,जिसस उपप्रमुख विजय लामा,गोसाईकुण्ड गा,पा अध्यक्ष कैसाङ नुर्पु तामाङ,आमाछोदिङमो गा,पा अध्यक्ष वुचुङ तामाङ,कालिका गा,पा अध्यक्ष हरिकृष्ण देवकोटा,नौकुण्ड गा,पा अध्यक्ष नुर्वु साङवो घले,उतरगया गा,पा अध्यक्ष माधव प्रसाद अर्याल,लाङटाङ राष्ट्रिय निकुञ्ज का वरिष्ठ संरक्षण अधिकृत अणनाथ वराल,श्रि नाथ गणका गणपति प्रध्युन्न प्रसाद गौतम,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केशव भट्टराई,सशस्त्र प्रहरी उपरीक्षक रामहरि खडका, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत मोहन प्रसाद आचार्य, लगाएत जिल्ला मा क्रियाशिल राजनीतिक दल का प्रमुख तथा प्रतिनिधि,सडक डिभिजन कार्यालय नुवाकोट,गल्छि,त्रिशूली मैलुङ,स्याफ्रुवेसि,रसुवागढि सडक आयोजना नुवाकोट,डिभिजन वन कार्यालय,जलश्रोत तथा सिंचाइ विकास स। डि। का,रसुवा अस्पताल,जनस्वास्थ्य कार्यालय,नेविप्रा धुन्चे वितरण केन्द्र,नेपाल टेलिफोन,रेडक्रस,गैसस,नेपाल पत्रकार मंहासंघ,रसुवा चेम्बर,बाणिज्य महासंघ लगाएत का सरोकारवाला निकाय हरूको उपस्थित रहेको थियो ।

वैठकमा वनुवा घुम्तिमा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भई बाईपासका रूपमा प्रयोग हुने जिरो किलो अम्वास सडक खण्ड,पुर्वाधार विकास कार्यालय नुवाकोटबाट सन्चालित भएकाले पहिरो पन्छाई सन्चालनमा ल्याउन कार्यालयलाई निर्देशित गराउनेछ । कुनैपनि अवस्थामा सवारि आगमन अवरूद्व हुने हुनाले जिल्लाको लाईफलाईन टुटने अन्तर्राष्ट्रिय नाका समेतलाई असरगरि राजश्व संकलन मा प्रभावित लगाएत विरामि उद्वार र विपद व्यवस्था मा समस्या आउने तथा गोसाईकुण्ड धार्मिक मेलामा आउने भक्तजनहरूलाई असुविधा हुने हुदा तत्कालै मर्मत गर्न र दिर्धकालिन समाधान समेतका लागि सडक डिभिजन कार्यालय नुवाकोट र स्याफ्रुवेसि देखि रसुवागढि सम्मको सडकखण्डको हकमा मर्मत सुधार गर्न गल्छि,त्रिशूली,मैलुङ,स्याफ्रुवेसि,रसुवागढि सडक योजना लाई निर्देशन दिने विपद व्यवस्थापन समिति का अध्यक्ष एवम प्रजिअ खनालले जानकारी दिए ।

जिल्लाको कालिका गा,पा वडा नम्बर १ राम्चेका दावा पासाङ लोप्चनको घरमा गत साउन १५ गते आगलागी भई घर पुर्ण रूपमा नष्ट भएकाले विपद व्यवस्थापन कोषवाट तत्काल राहत स्वरूप २५ हजार वितरण गरिएको छ । उतरगया र नौकुण्ड गा,पालाई पालिकाले माग गरे बमोजिम ५०÷५० थान ९२× १×१० तारजालि जलश्रोत तथा सिंचाइ विकास सव डिभिजन कार्यालय,धुन्चेबाट उपलब्ध गराईएको लाई समर्थन गर्नु लगाएत समयमा विपदका घटना बढन सक्ने हुदा सवै निकायले मनसुन पुर्व तयारि तथा प्रतिकार्य अनुरूप चनाखो रहि सवैलाई आग्रह गरिएको प्रजिअ खनालले बताए ।

तपाईको प्रतिक्रिया