विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको आरोहण गरी फर्किए पर्वतारोही पासाङ नामगेल शेर्पा

काठमाडाैं

पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण गर्ने पर्वतारोही पासाङ नामगेल शेर्पालाई विमानस्थलमा बिहीबार भव्य स्वागत गरेकाे  छ।ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पासाङ नामगेल शेर्पालाई पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङ, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे र इमाजिन नेपाल ट्रेक्स कम्पनी र उनका साथिभाई परिवारले  त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

उमेरले ५२ वर्ष पुगेका शेर्पाले साउन १२ मा ब्रोड पिक चढेका हुन् । उनी सन् २००७ मा आठ हजार चार सय मिटर अग्लो ल्होत्से शारको चुचुरोमा पाइला टेक्ने एक मात्र नेपाली आरोही बनेका छन‍् । खुम्बु गाउँपालिकाका पासाङ शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वाट हिमालहरुको आरोहण गर्न चीनमा रहेको शिशापाङ्मा हिमालबाट सुरु गरेका थिए । सन् २००६ मा शिशापाङ्मा हिमालको सफल आरोहणपछि २०२४ मा ब्रोड पिकको सफल आरोहणसगैं उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालमा पाइला टेक्न सफल भएका छन् ।

पर्वतारोही शेर्पाले भने, ‘मलाई ब्रोड पिक चढ्न निकै अप्ठयराे भयाे।सहज थिएन । मलाई यी १६ वटा हिमाल चढ्न २२ वर्ष लाग्याे ।अब बाँकी दिनमा पनि हिमाल नै चढ्ने हाे । अहिलेसम्म मलाई यहाँसम्म साथ  र सहयाेग दिने  सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । ‘

पासाङ नामगेललाई ‘हिमालय टाइगर’ भनेर पनि चिनिन्छ । धेरैजसो दिग्गज कोरियाली पर्वतारोहीहरूसँग हिमाल आरोहण गर्ने उनलाई हिमालमा आफ्नो बहादुरी देखाएका कारण कोरियालीहरूले ‘हिमालय टाइगर’ भन्ने गर्दछन् । यसबाहेक, उनले कञ्चनजङ्घा हिमालको रेन्ज (सीमा)मा रहेको यालुङ खाङ (८,५०५ मिटर)को पनि आरोहण गरिसकेका छन् । कोरियाका अमहोङ गिल र पासाङ नामगेल शेर्पा मात्र दुई व्यक्ति हुन् जसले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए ।

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भने ,’नेपाल सरकारले कल्याणकारी कोषको स्थापना नगरे शेर्पा समुदाय विदेश पलायन हुने सम्भावना बढेकाे हुँदा यसका लागि विशेष जाेड दिनुपर्नेछ । ‘ हिमालमा भएकाे प्रदुषणले हिमालकाे अस्तित्व नै हराउने देखिएकाले  यसका लागि सरसफाई कोषको स्थापना गरी हिमाल आरोहणलाई सुरक्षित बनाउन प्रायासरत भएकाे उनले बताए ।  उनका अनुसार अबकाे सिजनमा ५७ पिक लागि आरोहण का लागि खुलाउने उनले बताए ।आगामी दिन मा आरोहण का लागि अझै व्यवस्थित बनाउने र यसका लागि हामी सबैले साथ सहयोग हुने । पासाङले ५२ वर्षकाे उमेरमा पनि धेरै राम्रो काम गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले भने, ‘आराेहीहरुका लागि सहजता गर्नका लागि आराेही कल्याण काेषकाे पनि स्थापना गर्न पहल गर्दै यससँग जाेडिने नीति नियम बनाउन सबैकाे साथ र सहयाेगकाे पनि  आवश्यकता भएकाे  गरेकाे ले बताएका छन् ।  विश्वलाई नेपाल चिनाउनका लागि शेर्पा समूदाय लागि परेका छन्। हिमाल र शेर्पा एकअर्काकाे पर्यायवाची शाब्दिक अर्थ हुने उनले बताए ।

 

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया