सुडानमा युद्धबिरामको घोषणा

सैलुङअनलाइन संवाददाता
0 Shares
सुडान

सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधान अनुसार बुधबार देशको सबै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गरेको हो ।

“सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धबिरामको घोषणा गरिएको हो,” परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ । उनको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि नै लागू भएको छ ।

दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धबिरामको घोषणा भएको हो ।

सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका