पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुर्याएको बताए ।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेरका उनले गोरखा सदरमुकाममा बिहीबार आयोजित पत्रकार भेटघाटमा भने, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेको छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।”
नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै डा.भट्टराईले भने, “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिञ्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिञ्छ ।” अर्को फरक प्रसङ्गमा डा. भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताए ।
सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको डा.भट्टराईको भनाइ थिए । “साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुञ्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो”, पूर्व प्रधानमन्त्री डा.भटृराइले भने ।