प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सर्वसम्मतिले पारित

सैलुङअनलाइन संवाददाता
0 Shares
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाले ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

त्यसअघि मन्त्री सार्कीले विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सम्पन्न भएपश्चात प्रस्तुत भएको विधेयकसहितको प्रतिवेदन माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

उक्त विधेयकसहितको प्रतिवेदनमाथि भएको छलफलमा प्रदेशसभा सदस्य गीताकुमारी चौधरी, अक्कलबहादुर रावल, चक्रबहादुर मल्ल, रामेश्वर चौधरी र नरेशकुमार शाहीले भाग लिएका थिए ।

बैठकमा प्रदेशसभा, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले समितिमा दफावार छलफल भई तयार भएको ‘सुदूरपश्चिम प्रदेश निजामति सेवा ऐन२०७९लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन पेस गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका