अस्ट्रीयाका दूतावासबाट नवीकरण भएर क्रोएसिया आइपुगेका राहदानी वितरण गर्ने भएको छ । दूतावासबाट नवीकरण भएर आएका राहदानी गैर आवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाले सूचना जारी गरेर वितरण गर्न लागिएको हो ।
एनआरएनएको सूचनामा ` क्रोएशियाको जाग्रेबबाट गत ३१ मे देखि ०२ जुन २०२४ मा बायोमेट्रिक गर्नुभएका आवेदकहरूका साथै नेपाली राजदूतावास भियानामा स्वयं उपस्थित भई १२ जुलाई २०२४ सम्म बायोमेट्रिक गर्नुभएका आवेदकहरूको राहदानी २५ अगष्ट २०२४ का दिन जाग्रेबको निम्न ठेगानामा वितरण गरिने भएकोले राहदानी लिन आफ्नो पहिलेको पुरानो राहदानी सहित स्वयं उपस्थित हुन अनुरोध गराइन्छ ।´ उल्लेख गरिएको छ ।
नवीकरण भएर आएका राहदानी हिमालय होस्टेल नजिकै (Ul. Pavla Hatza 16, 10000 Zagreb) वितरण गर्ने एनआरएनए क्रोएसियाले जनाएको छ । एनआरएनएका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म राहदानी वितरण गर्नेछन् ।
थप यो पनि
क्रोएसिया आउने पासपोर्ट नवीकरण घुम्ती टोलीले अनलाइन आवेदन लिने
क्रोएसिया आएका घुम्ती टोलीले पहिलो दिन लिए सयजनाको आवेदन
एनआरएनए क्रोएसियाले दूतावासको माग गर्दै बुझाए ज्ञापन पत्र