रसुवाको आमाछोदिङमोमा ४ हजार तीर्थालु पुगे

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने सम्वाददाता
630 Shares
रसुवा

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्यात पार्वतीकुण्डमा जनैपूर्णिमा मेला भर्न ४ हजार तीर्थयात्रीहरू पुगेका छन् ।

पार्वतीकुण्डमा रसुवाको हाकु, ग्रे, टिमुरे, स्याफ्रु, वृद्विम, धुन्चे भार्खु, चिलिमे लगायत गत्लाङबासी, धादिङ, काठमाडौँ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक स्थानबाट तीर्थयात्री आएका हुन् ।

सङ्घीय राजधानी काठमाडौँबाट सानो, ठुलो गाडिबाट एक दिनमा पुग्न सकिन्छ ।

पार्वतीकुण्ड संरक्षण समितिका अध्यक्ष चेरसिंह तामाङका अनुसार स्थानीय भाषामा पार्वतीकुण्डलाई आमाछोदिङमो भनिन्छ । यसको अर्थ पानी जमेको ताल हो । २०३२/३३ सालतिर नेपाली सेनाको सहयोगमा सडक निर्माण गर्ने क्रममा यो कुण्ड पनि फेरियो र बन्यो पार्वतिकुण्ड त्यही कुण्डको पुरानो नामबाट अहिले गाउँपालिकाको नाम आमाछोदिङमो राखिएको छ ।

साबिकको गत्लाङ गाविस हाल आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्ड पौराणिक कथन अनुसार भगवान् शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको उपप्रमुख चण्डिका तामाङ बताउँछिन् ।

रसुवाको चर्चित गाउँ गत्लाङबाट हिँडेर १ घण्टा र गाडीमा गए आधा घण्टाको दुरीमा पर्ने पार्वतीकुण्डलाई बोझोले ढाकेपछि अहिले बोझो निकालेर केही हदसम्म फराकिलो बनाएको छ । जनैपूर्णीमाको दिन प्रकृतिको पूजा गर्ने र धामी झाँक्रीहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गर्ने गरेको उपप्रमुख तामाङ बताउँछन् । त्यस ठाउँका स्थानीयहरू आत्मैदेखि सोचेर मागे चिताएको पुग्नेमा विश्वास गर्छन् । यो कुण्ड बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूले मान्दछन् ।

बागमती प्रदेश सरकार, डिभिजनल वन कार्यालय र आमाछोदिङमो गाउँपालिका मिलेर कुण्ड सरसफाइ गर्ने काम भएको छ । १ सय ८ धारा समेत बनाइएको छ । त्यस क्षेत्रमा भ्यु टावर निर्माण लगायत झाडी फाँडेर वृक्षारोपण गर्ने काम समेत भएको छ । पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रसुवाको छुट्टै महत्त्व रहेको छ ।

पार्वतीकुण्ड संरक्षण समिति रसुवाका अध्यक्ष तामाङका अनुसार आफ्नो पुर्खालाई उद्धृत गर्दै पहिलेको कुण्डको गहिराई ९ वटा चौँरीको लामो भुल्ला बाट बनाएको डोरी चढ्ने थियो रे अहिले ताल को गहिराई १३ मिटर रहेको छ । पहिले ६ हेक्टरमा फैलिएको कुण्ड अहिले खुम्चिएर ३ हेक्टरमा साँघुरिएको छ । रसुवाको पार्वतीकुण्ड लमजुङको बाह्र पोखरी तथा अन्य दुधकुण्डहरूमा पनि जनै पूर्णिमा मेला लाग्छ ।

टिमुरे निवासी मिनाक्क्षि मगरले भनिन्, ‘बर्सेनि म गाउँलेहरूसँग मिलेर पार्वतीकुण्ड पुग्छु र मागेको कुरा पुगेको छ । एकदमै शक्तिशाली साक्षात् भगवान् हो । यसैले मलाई विश्वास लाग्छ ।’

वडा अध्यक्ष सुरेन्द्र तामाङका अनुसार हामीले जनैपूणिर्मा मेला आउनु एक सातादेखि नै कुण्ड लगायत वरपर सरसफाइदेखि मेलामा आउने तिर्थालुका लागि सहज होस भनेर गाँस वासको व्यवस्थापन चुस्तदुरूस्त बनाएका थियौ । पुर्णिमाको दिन र रातभर गीत गाएर नाच्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका