पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी सागर पाण्डेको प्यानलबाट महासचिवमा सोनाम ग्यालजेन शेर्पा र अर्का अध्यक्षका प्रत्यासी महासचिवमा राजेन्द्रप्रसाद सापकोटाको समूहबाट महासचिवमा राजेन्द्रप्रसाद सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।
टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयनमा सुवेदी र शेर्पाबीच टक्कर हुने भएको हो । पाण्डेको प्यानलबाट महासचिवमा सोनाम ग्यालजेन शेर्पाले २२ बुँदे घोषण पत्र सार्वजनिक गरेका छन् । यस्तै सापकोटाको समूहबाट महासचिवमा राजेन्द्रप्रसाद सुवेदीले २० बुँदे घोषण पत्र सार्वजनिक गरेका छन् ।
पाण्डेको प्यानलबाट महासचिवमा उम्मेद्वार सोनाम ग्यालजेन शेर्पाले भने,कोभिड पछाडिको पर्यटनलाई परेको प्रत्यक्ष असरबारेमा बोल्दै अध्यक्षका प्रत्यासी सागर पाण्डेको समूहबाट महासचिवमा सोनाम ग्यालजेन शेर्पाले भने,‘हिमाली क्षेत्रमा दैनिक मजदुरी गर्ने मजदुरहरुको सुरक्षाका लागि हामीले मजदुर कोषको स्थापना लक्ष्य रहेको बताए ।’ अलिकति हिमाली क्षेत्रमा सरोकार राखेर अहिले स्थानीय निकाय आइरहेको अवस्थामा हिजोका दिनमा स्थानीय निकाय परिपक्क नहुँदा र स्थानीय निकाय स्थापना नभएको अवस्थामा राज्यसँग भएका सम्झौता ,बनेका दस्तावेजमा उनले काम गर्ने बताए ।
‘स्थानीय निकाय भइसकेपछि हामी पर्यटन व्यवसायहरुलाई त्यो नीति नियम नीति नियमहरु बाझिदै गर्दा विकसित रुपमा विकास गर्न सकिरहेका छैनन् ‘ उनले भने, ‘पर्यटकहरुको चाप बढ्दै गर्दा खेरि सेवासुविधा थप गर्ने र सहजीकरण गर्नेछौँ । ’ ‘अहिले जुन किसिममा पदमार्गहरू नयाँ नयाँ पदमार्गहरु खोल्नको लागि राज्य र विभिन्न निकायहरुसँग साझेदारी कार्यक्रमहरु गरेर नेपाल अधिराज्यभरि पहल हुने क्रममा गर्ने बताए । हामी पुराना पदमार्गहरु जुन किसिमले अहिले मेटिरहेका छन् त्यसलाई अनुगमन गरेर त्यसको वैकल्पिक मार्गहरुको निरीक्षण गरेर बनाउने’ उनले बताए ।
‘महासचिवको उम्मेद्वारमा किन लागि परेँ भन्दा अर्काे समूह जस्तो दुई तीन वर्ष अगाडिदेखि नै चुनावमा को अध्यक्ष बन्ने को को कुन पदमा रहने भन्ने जुन किसिमको अग्रिम सम्झौता गरेर अगाडि बढेका छन् यस्ता कुरालाई चिर्न र नेपालको पर्यटन प्रवद्र्धन गरी स्वच्छ किसिमले अगाडि बढ्न हाम्रो प्यानलबाट लागेको हौँ ।’ ‘हामी प्रत्यक्ष रुपमा टानलाई निष्पक्ष व्यक्ति राजनीतिबाट अछुतो राख्न खोजेका छौँ । म राजनीतिबाट टाढा छु । छाता संगठनमा जाँदा हामीले त्यो राजनीतिक हिसाबले लाग्नु हुँदैन’ उनले भने । टानको निर्वाचनमा हामी सक्षम छाैँ र हामीले पाँच सयभन्दा बढी व्यवसायीहरु एकदम स्वतन्त्र रहेको विश्वास गरेका छौँ । त्यसैले अहिले बजारमा पनि हल्ला छ सागर पाण्डेको प्यानल मजबुत र योग्य छ ।
यसैगरी अध्यक्षका प्रत्यासी महासचिवमा राजेन्द्रप्रसाद सापकोटाको समूहबाट महासचिवमा उम्मेद्वार राजेन्द्रप्रसाद सुवेदीले ट्रेकिङ पेशा एउटा मर्यादित पेशाको रुपमा चिनिएको बताए । ‘समावेशी र व्यवसायीहरुका बीचमा तयार पारिएको टानको टिमले राम्रो काम गरिरहेका छ । तर अझै भएका नियमहरूलाई परिमार्जन गरेर आगामी दिनमा हाम्रो समितिबाट राम्रो कामको लागि हाम्रो समूहले जित्ने कुराको सम्भव छ ’ उनले भने ।
किनभने हामीसँग विभिन्न सेक्टरमा रहेर काम गरेका साथीहरु अनुभवी टिम भएको कारणले हामी आगामी दिनमा पर्यटन व्यवसायीप्रति उत्तरदायी भूमिका निर्वाह हुनेमा कुनै अविश्वास नरहेको सुवेदीले बताए ।उनले भने ,‘ टिम्समा देखिएको समस्या र यावत अन्य समस्याहरूको समाधानको लागि हाम्रो एजेण्डाले ट्रेकिङको कामहरुलाई पुस्तान्तरण गर्न सक्छौँ र हाम्रो भविष्यको फिल्डले पनि यो पेशामा आएर काम गर्न सक्ने वातावरण सिर्जना गर्नको लागि हाम्रो समूहले मलाई महासचिवको पदमा उम्मेद्वार बन्न छनौट गरेको हो ।’
उनका अनुसार राज्यसँग बसेर काम गर्दा राज्यले समन्यनकारी भूमिका खेलेर तपाईंको ट्रेकिङ ट्रायलहरु बचाउन पहल हुनेछ । यसैगरी हामीले जति पनि अहिले ट्रेकङ ट्रायलमा देखिएको समस्या छ यसको समाधानका लागि हाम्रो सहभागिताको टान आवश्यक देखिन्छ । हामीले राज्यको विद्यालय स्तरमा भएका पाठ्यक्रममा नै ट्रेकिङ र ट्रेकिङ पेशालाई समावेश गर्न हाम्रो कार्यसमितिले काम गर्ने छ । हामीसँग धेरै कुराहरू छन् जुन कुराहरु हामीले ल्याएका घोषणापत्रमा पनि छन् । उनले सोही घोषणापत्रको आधारमा सम्पूर्ण काम गर्ने प्रतिबधता जनाए । संस्थासँग नजिक रहेर काम गर्ने अन्तर्राष्ट्रिय नियोग , संघसंस्थाहरुसँग पनि नजिक रहेर काम गर्ने लक्ष्य रहेको उनले बताए । पर्यटन सूचना प्रवाह गर्न एउटा थलको रुपमा सबैलाई इन्फर्मेसन दिन सक्ने वेबसाइटहरु तयार पार्ने पनि उनको योजना रहेको बताए । सुवेदीले भने,‘ अन्तर्राष्ट्रिय बजारमा डिजिटल रुपमा बेच्ने कुरालाई प्राथमिकता रहने छ । ‘
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।