नवौँ तामाङ ज्ञान महोत्सव सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन सम्वाददाता
518 Shares
काठमाडौं

नवौँ तामाङ ज्ञान महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा सम्पन्न भएको छ । विहिबार ९२ औँ तामाङ पहिचान दिवसको उपलक्षमा आयोजित एकदिवसीय ज्ञान महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल रार्इको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि कुलपति रार्इले तामाङहरूको सांस्कृतिक बाजा डम्फू बजाएर उद्घाटन गरिएको महोत्सवमा दुर्इ सत्रमा गरी दसवटा कार्यपत्र प्रस्तुत भएको थियो ।

पहिलो सत्रमा त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि रार्इले ‘तामाङ भाषाका भौगोलिक भाषिक भेदहरू’, भाषा आयोगका कायममुकाय सचिव डा. लोकबहादुर लोप्चनले ‘बागमती प्रदेशमा तामाङ भाषा सरकारी कामकाजको कार्यान्वयन हे हुँदैछ ?’, तामाङ अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सन्जिला मोक्तानले ‘डाब्जोङमा भाषा पाठशालको स्थापना र तामाङको पहुँच’, अधिवक्ता रविन्द्र थिङले ‘राजनीति, न्यायप्रणाली र तामाङ समुदाय’ र तामाङ डाजाङका अध्यक्ष फूलकुमार बोम्जनले ‘तामाङ डाजाङको संक्षिप्त इतिहास’ विषयमा कार्यापत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी दोस्रो सत्रमा निमा मोक्तानले ‘तामाङ समाजमा बोन परम्परा’, लेखक निष्णु थिङले ‘तामाङ समाजमा द्वन्द्व व्यवस्थापन’, त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक चतुर्भुज केवरतले ‘आत्मकथा सिद्धान्तको आलोकमा अमृत योन्जन–तामाङको ‘तिल्पुङे ठिटो’को अध्ययन’ र अनुसन्धानकर्ता उदय थिङले ‘पहिचानको पुर्नदावी : सञ्चारमा तामाङ राष्ट्रको विकृत प्रतिनिधित्व र तामाङ पहिचान निर्माणमा असरहरूको अटोएथ्नोग्राफिक अन्वेशषण’ विषयमा कार्यापत्र प्रस्तुत गरेका थिए ।

दिवसमा सञ्चारकर्मी राजु स्याङ्तानको सहजकर्तामा ‘किन तामाङ आन्दोलन उठ्न सकेन ?’ भन्ने विषयमा प्यानल डिस्कसन समेत भएको थियो । डिस्कसनमा लेखक राजेन्द्र महर्जन, लेखक निष्णु थिङ र तामसालिङ संयुक्त संघर्ष समितिका प्रवक्ता जय गोले सहभागि थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका