नेशनल फेयर अवार्डको उत्कृष्ट पाँच नोमिनेसन सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ संस्करणको नतिजा आगामी नोभेम्बर २४ तारिख टोकियो टावरमा सार्वजानिक गर्ने र आगामी डिसेम्बर २८ मा अस्ट्रेलियामा समापन गर्ने लक्ष्य सार्वजानिक गरेको हो ।

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाले आफनो ११ औ सस्करण विश्वकै अग्लो टावर टोकियो टावरमा अवार्ड सार्वजनिक गरी समापन कार्यक्रम अष्ट्रेलियामा गर्न लागेको हो । नेपाली चलचित्र जगत मै पहिलो पटक फिल्म अवार्डको पत्रकार सम्मेलन मलेशियामा ,उत्कृष्त ५ नोमिनेसन सिगापुरमा ,ग्राइन्ड फाईनल जापान टोकियो टावरमा र समापन तथा धन्यवाद कार्यक्रम आयोजना अस्ट्रेलियामा गर्न लागेको सम्भव त पहिलो पटक हो ।

उक्त अभियान कार्यक्रम अन्र्तरगत प्रेस रिलिज कार्यक्रम मलेशिया र उत्कृष्त ५ नोमिनेसन सार्वजानिक कार्यक्रम गत साता मलेशियामा सम्पन्न भएको छ ।

बडा दशैको अवसर पारेर बक्स अफिस इन्टरनेरनेसनल ग्रुरुप, नेपाली प्रवाशी सितोरियो कराँते सघं मलेशिया, मलेशिया नेपाली कलाकार सघं मलेशियाले सयुंक्तरुपमा आयोजना गरेको पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्ड कार्यक्रम आयोजनाको अवसरमा यस्ता विविध कार्यक्रम भव्यताको साथ सम्मन भएको हो ।

आर्थिक बर्ष निर्माण भै सार्बजनिक भएका ८३ वोटा चलचित्रहरु ९ सदस्य जुरिले अबलोकन गरि उत्कृष्ट पाँचको नोमिनेसन सार्बजनिक गरिएको थियो ।

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ संस्करणमा सार्वधिक १६ विद्यामा चलचित्र प्रेमगित २ परेको छ भन्ने बर्षको सार्बधिक सफल चलचित्र छक्का पन्जा २ र ए मेरो हजुर २ ले आफुलाइ अबल साबित गरेको देखिन्छ १५ बिधा तर्फ ।

माहामही राजदुत डा. उदयराज पाण्डे, नेपाली कांग्रेसको केन्द्रिय सदस्य प्रदिप पौडेल, एन.आर. एन. ए. अध्यक्ष हरि भट्टराई लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको गरिमामय उपस्थितिमा मलेसियामा बसेर पनि राष्ट्र र जनताको पक्षमा योगदान पुर्याउनु हुने ५० भन्दा बढि प्रतिभा तथा विभिन्न क्षेत्रमा सकृय संस्थाहरुलाई पृथ्वी परिक्रमा नागरिक सम्मान अवार्डबाट सम्मान गरिएको छ । पृथ्वी परिक्रमा नागरिक सम्मान तथा अवार्ड सफल पार्न नेपालबाट विभिन्न व्यक्तित्वहरु मलेसियामा पुगी ११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्डको उत्कृष्ट ५ नोमिनेसन सार्बजनिक कार्यक्रम सिंगापुरमा सरिक हुनुभएको थियो ।

११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ को नोमिनेसन कार्यक्रममा अवार्ड सहभागी ८३ वटा चलचित्रका सर्जकहरुले अवार्ड को प्रतिस्पर्धा रहेको ३२ बिधा जुरिको तर्फबाट र १० पपुलर बिधा आयोजक तर्फबाट गरि कुल ४२ बिधाको नोमिनेसनमा आफ्नो दाबेदारी पेस गरेको छन् ।

आर्थिक बर्ष रिलिज भै सार्बजनिक भएका द्दण्ज्ञढ का ८३ चलचित्र मध्य दोस्रोमा ए मेरो हजुर २ चलचित्र १५ विद्यामा, छक्का पञ्जा २ चलचित्र १४, विद्या घाम पानी ले १२ विद्यामा आफुलाई सर्वोउत्कृष्त प्रमाणीत गर्न दाबेदारी पेश गरेका छन् ।
यिनलाई पछयाउदै मङंगलम चलचित्रले १० विद्या ,एश्वर्य, म एस्तो गित गाउछु र कृ ले पनि १० विद्यामा आफुलाई नम्बर एकको दाबि गरेका छन ।
उत्कृष्ट पाँच चलचित्रमा छक्का पन्जा २, प्रेम गित २, मंगलम, ए मेरो हजुर २ र घामपानी छानिएका छन् ।

यिनै चलचित्रले ४२ बिधामा आफुलाई अबल देखिएका छन् । तेस्तै निर्देशकमा शिवम अधिकारी पञ्चायत,दिपा श्रीनिरौला छक्का पन्जा २ , सुदर्शन थापा म एस्तो गित गाउछु र नवल नेपाल मंगलम सर्वोउत्कृष्ट निर्देशकमा उत्कृष्ट पाँचमा आउनु भएको छ ।

उत्कृष्ट नायिकामा निता ढुंगना पञ्चाएत,केकी अधिकारी घाम छायाँ ,पुजा शर्मा म एस्तो गित गाउछु, स्वेता खड्का कान्छी र बेनिसा हमाल चलचित्र ब्लाइन रक्सबाट अवार्डको लागि चुनिएका छ्न ।

यसैगरी २०१९ को अभिनेतामा पुस्कल खड्का मंगलम,दयहांग राई कान्छी ,अनमोल केशि कृ, सौगात मल्ल पञ्चेबाजाबाट नेसनल बक्स अफिस फिल्म फियर अवार्डमा आफ्नो दाबेदरि प्रस्तुत गरेको छन् ।

समग्रमा कुल ४२ बिधाका अधिकांस नोमिनेसन उत्कृष्ट ५ चलचित्रबाट धेरै छानिएका छन् भन्ने अन्य थुप्रै कुल ४२ बिधामा आफुलाई अबल साबित गरेको छ्न । नोमिनेसन हेर्दा जुरिले व्यावसायिक सफल,समिक्षक र आम दर्शकले मन पराएका चलचित्र प्रती न्याय गरेको देखिन्छ ।
सिंगापुर नोमिनेसन सार्बजानिक अगाडि फिल्म अवार्डको बारेमा मलेसियाको ग्राइन्ड होटेलमा नेपाली चलचित्र इतिहासमै पहिलो पटक मलेसियामा प्रेस मिट,सिंगापुरमा उत्कृष्ट पाँचको नोमिनेसन सार्बजनिक, विश्वकै सबैभन्दा अग्लो टावर टोकियो टावरमा ग्राइन्ड फाइनल अवार्ड सार्बजनिक र अस्ट्रेलियामा समापन कार्यक्रमको बारेमा जानकारी दिन पत्रकार सम्मेलन पनि सम्पन्न भएको छ ।

११ औ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड को पत्रकार सम्मेलनमा मलेसियामा कृयासिल नेपाली पत्रकारको जिज्ञासा् बारे अवार्ड अध्यक्ष राम बाहादुर सुवेदी (आरके) ले नेसनल बक्स अफिस फिल्म फियर अवार्डले यस भन्दा आगाडी पनि पटकपटक गरि विश्वमै पहिलो पटक समुन्द्री मुनि ,समुन्द्री माथी ,उडिरहेको हवाई जहाज र विश्वको सर्वोच्च सिखर सगरमाथाको आधार शिविरमा अवार्ड आयोजना गरि गिनिज वुक अफ द वर्ड रेकड कायम गरि नयाँ संस्करण फरक फरक देशहरूमा गर्न लागेको बताए ।

प्रेस मिटमा बोल्दै अभिनेता धिरेन शाक्यले नेपालमा बक्स अफिस अवार्ड को आफ्नै पोहिचान छ । बक्स अफिस अवार्डले विश्व रेकर्ड मात्रै राखेको छैन चलचित्र इतिहासमा पहिलो पटक राष्ट्रिय रंगशालामा,बिदेशी भुमि युएई दुवाइमा अवार्ड आयोजना, अरबियन मुलुक, युरोपेली मुलुक, दक्षिण एसियाली मुलुकमा समेत पहिलो पटक अवार्ड आयोजना सफल पारी चलचित्र बजारमा ऐतिहांसिक कार्य गरेको बताए भने मनोरञ्जन मैत्रीपूर्ण फुटबल आयोजनाहरुमा बक्स अफिसले देश बिदेशमा एक क्षेत्र चलायनमान गरेको औल्याए ।

मलेसियामा आयोजित ११ औ बक्स अफिस फिल्म फियर अवार्डको पत्रकार सम्मेलनमा सामाजिक अभियान्ता तिल बाहादुर कार्की, कलाकार बिपना बस्नेत लगायत थुप्रे बक्ताले बक्स अफिस अवार्ड नेपाली चलचित्रको एक ऐतिहांसिक इतिहास भएकोमा गर्व लागेको बताए ।

त्यसैगरी नोमिनेसन सार्बजनिक सिंगापुर समहारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू पहिलो पटक फिल्म अवार्ड कार्यक्रममा यसरी बिदेश आएको तर बक्स अफिस इन्टरनेसनल ग्रुपको अनौठो गतिविधि देखि धेरै लै खुशी लागेको बताए ।

पौडेलले नेपाली फिल्म अवार्डको प्रेस मिट,उत्कृष्ट पाँच नोमिनेसन र फाइनल अवार्ड फरक फरक देशमा आयोजना गर्नु आफैमा अकाल्पनीय र यस्ता रचनात्मक कार्यक्रमहरुमा आफु उपस्थिति हुनपाउदा गर्व महसुस भएको बताए । नोमिनेसन सार्बजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली चलचित्र गित संगित हुर्काउन बिदेशमा बस्ने नेपाली नागरिकहरुको ठुलो योगदान रहेको चर्चा गर्दै प्रतिस्पर्धा गर्ने संस्थाहरुमा सफलताको शुभकामना दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका