अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी : कृषक लोप्चन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
665 Shares
काठमाडौं

अकबरे खुर्सानी, स्थानीय भाषामा ‘जुलेबी खुर्सानी’ भनेर चिनिने, नेपालको विभिन्न पहाडी तथा तराई क्षेत्रहरूमा लोकप्रिय हुँदै गएको छ। यो विशेष प्रकारको खुर्सानी, जुन यसको तिख्खर स्वाद र उच्च गुणस्तरका लागि प्रख्यात छ, अहिले कृषकहरूका लागि राम्रो आम्दानीको स्रोत बनेको छ।

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर ६ सिस्नेरीका पासाङ लोप्चन आफ्नो २ रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर स्थानीय बजारमा पुर्‍याउन भ्याईनभ्याइ छ ।

उनले गत फागुनमा चार वटा टनेलमा ३ सय ५० बिरुवा लगाएका थिए ।

उनी भन्छन्. ‘आफ्नै पुर्ख्यौली बीउ छरेको हो । अहिले बेच्ने सिजन भएको छ । स्थानीय बजार भाउ अनुसार केजीको २ सय ५० मा वेच्दछन ।’

उनले नमस्ते कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर मिश्रित खेती गरिरहेका छन् ।

हालका वर्षहरूमा, कृषि क्षेत्रका विशेषज्ञहरूले अकबरे खुर्सानीको खेतीमा विशेष ध्यान दिएको पाइन्छ। यसले गर्दा कृषकहरू यो खेतीतर्फ आकर्षित भएका छन्। केही वर्षअगाडि मात्र सानो मात्रामा उत्पादन हुँदै आएको अकबरे खुर्सानी, अहिले व्यावसायिक उत्पादनको रूपमा विकसित भएको छ। यसले गर्दा यसबाट हुने आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ।

कृषि पेसालाई अँगालेका पासाङ भन्छन्,‘यो अकबरे खुर्सानी मङ्सिरसम्म फल दिन्छ । र फेरि फल्नको लागि चैतदेखि सुरु हुन्छ । १ बोटमा ३ केजीसम्म फल्छ ।’ उनले खुर्सानीको साथै आधुनिक मौरिघार ६ वटा र मुढे घार २ वटा बनाएका छन् । लकडाउन भएपछि उनले के गर्ने त भन्दा मौरी पालन र अकबरे खुर्सानी लगाउने सोचले यो काम थालेको उनी बताउँछन् । लकडाउन भए यता उनले मौरीबाट साढे दुई लाख र खुर्सानीबाट ३ लाख कमाई सकेका छन् । ४ वटा टनेलमा खुर्सानी लगाएका छन् । उनको बजार स्थानीय बजार हो । महको मूल्य मानाको १ हजार र केजी को १५ सय रुपैयाँ रहेको उनी बताउँछन् ।

उनको मिश्रित खेती भएका ले अ‍ोखर कफी लगायत परम्परागत खेती रहेको छ । उनी भन्छन्, ‘खान लगाउन पुगेको छ यसैमा सन्तुष्ट छु । धेरै पढ्न सकिएन ठुलो देश जान सकिएन । सानो देश जाऊ काम मरिमेटेर गर्नुपर्छ । दुख त जहाँ गए पनि गर्न पर्ने हुन्छ त्यसैले मैले आफ्नै गाउँ मा परिवारसँग बसेर कृषि खेतीमा आबद्ध भएको छु ।’

यो खुर्सानी खास गरी उच्च पहाडी क्षेत्रमा राम्रोसँग फल्छ। उचित तापक्रम र माटोको प्रकारका कारण रसुवा, काभ्रे, दोलखा, धादिङ लगायतका जिल्लाहरूमा यसको उत्पादन राम्रो हुन्छ। कृषकहरूले परम्परागत खेतीका सट्टा यो विशेष प्रकारको खुर्सानी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्।

मिहेनत धैर्यता लगनशील र परिवारको सहयोगले नै जीविकोपार्जनलाई सहज बनाउन कृषि क्षेत्रमा नै आफ्नो मन,धन मिहेनत लगाएको छु । कृषक पासाङले भने, ‘युवाहरू देशको स्थिति र परिवार पाल्न बिदेसिनु परेको छ । तैपनि म चाहिँ हिम्मत गरेर आफ्नो ठाउँमा कृषिमा आयआर्जन देखेर निरन्तर काममा लागेको छु ।’

अकबरे खुर्सानीको खेतीले कृषकहरूलाई परम्परागत खेतीबाट बाहिर निस्केर नयाँ किसिमका खेती तर्फ लाग्न प्रेरित गरेको छ। यसले गर्दा उनीहरूको जीवनस्तरमा सुधार आएको छ र ग्रामीण अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ। आगामी दिनहरूमा पनि यो खेतीलाई अझै बढी व्यावसायिक बनाउन सके कृषकहरूको आम्दानीमा थप वृद्धि हुने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया