नुवाकोटको १२ स्थानीय निकायमध्ये स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली (लिसा) को नतिजामा ककनी गाउँपालिका पहिलो नम्बरमा पर्न सफल भएको छ ।
कार्य सम्पादन मूल्याङ्कनको आधारमा ककनी गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका भएका हुन् ।
नेपाल सरकारबाट आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन मूल्याङ्कनमा ककनी पहिलो भएको हो ।
ककनीले ७९.७५ अङ्क ल्याइ पहिलो स्थानमा रहेको छ भने दुप्चेश्वरले ७८ अङ्क ल्याएर दोस्रो स्थानमा रहेको छ।
त्यस्तै किस्पाङ गाउँपालिकाले ७३.५०, पञ्चकन्या गाउँपालिकाले ६८.७५, तादी गाउँपालिकाले ६८, सुर्यगढी गाउँपालिकाले ६६, बेलकोटगढी नगरपालिकाले ६५, लिखु गाउँपालिकाले ६३.२५, शिवपुरी गाउँपालिकाले ६१.२५, विदुर नगरपालिकाले ६०, म्यागाङ गाउँपालिकाले ५२.२५, तारकेश्वर गाउँपालिकाले ४९.७५ अङ्क ल्याएका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1