सांसद गुरुङ सजायको भागीदार हुदै होइनन्, तथ्य यो हो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडाैं
फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसद पार्वत गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध ३५ दिने म्यादसहितको पक्राउ पूर्जी जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा दोलखाका वीरध्वज खड्काले २९ वैशाख ०७६ मा गुरूङ, मीनबहादुर तामाङ, कारसाङ भन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङ विरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनका बखत काठमाडौंको गौशालामा दोलखाकै वीरध्वज खड्काले गुरूङको समेत संलग्नतामा आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका थिए । सो मुद्दाको बयानका लागि अदालतले गुरूङलाई बोलाएको हो ।

स्थानीय तहको निर्वाचनमा दोलखास्थित गौरीशंकर गाउँपालिकाका कुलबहादुर तामाङको हत्या प्रकरणमा सांसद गुरुङको संलग्नता भएको उजुरीपछि अदालतले उनलाई ३५ दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

सांसद गुरुङसँग सम्बन्धित समाचारहरु आएपछि घटनासँग नजिकका जानकार गणेश बस्नेतले प्रचार भएजस्तो घटना नभएको बताएका छन् । उनले सामाजिक सञ्जलामा स्टाटस लेखेर यस्तो बताएका हुन् । उनले लेखेको स्टाटसः

कोही भ्रममा नपरौं, तथ्य यो हो

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको हाम्रो गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । होनहार युवा कुलबहादुर तामाङको ज्यान गयो । तात्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तात्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ । यो जानकारी पाएर म र पार्वत दाई प्रहरीमै पुगेर सोधेका थियौं, के आधारमा यस्तो अपराध गर्छ प्रहरीले । तात्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलवस दर्ता भएछ, सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउँछौं, हजुरले अव चिन्ता लिनुपर्दैन भन्नुभयो । अहिले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले जानीजानी अपराध गर्नुभएछ । गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गर्नुभएको त्यही घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको हो । माननीय पार्वत गुरुङले कुनै अपराध गरेको होइन । धेरै मित्रहरुले जानकारी मागेपछि एकमुष्ट जवाफ दिइएको हो । त्यसबेला तात्कालिन माओवादी र एमालेबीचको चरम युद्धको परिणाम हो यो । अहिले दुवै पार्टी छैन, नेकपा छ । घटना भएको दिन काठमाडौंमा हुँदै नभएको इमान्दार र जनताका असल नेताबिरुद्ध गरिएको तात्कालिन गृहमन्त्री, आइजीपी र ती एसएसपीले गरेको अपराध हो ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका