सिन्धुपाल्चोक गुन्सामा गोलेको हत्या

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
मेलम्ची, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका– ५ गुन्सामा गएराति एक युवाको बिभत्स हत्या भएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाकै बिजय गोलेको गएराति शिर छेदन गरी हत्या गरेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

सोही गाउँपालिकाकै बर्ष २३ का मिलन स्याङ्बो र बर्ष २४ का बमबहादुर स्याङबोले हत्या गरी फरार भएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

बिहीबार दिउँसो सामान्य विबाद भएको त्यहि विबादलाई लिएर बेलुका माधक पदार्थ सेवन गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमका लागि मेलम्ची ल्याइएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका