स्याउ खेतीले नेपालको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँदै छ। विशेष गरी हिमाली तथा उच्च पहाडी भेगमा स्याउ खेतीबाट मनग्य आम्दानी गर्दै आएका किसानहरूको अनुभवले अन्य कृषकहरूलाई पनि स्याउ खेतीतर्फ आकर्षित गरिरहेको छ। पछिल्ला वर्षहरूमा यस क्षेत्रमा भएका प्राविधिक सुधार, सरकारी अनुदान, र बजारको सजिलो पहुँचले स्याउ खेतीलाई थप प्रभावकारी बनाएको छ। यसको बलियो उदाहरण हो, रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुङका कृषक दाजुभाइ ग्याल दोर्जे र निमादावा तामाङ । उनीहरूले स्याउबाट वार्षिक ८ लाख ५० हजारको स्याउ फलाउँछन् ।
२०७० सालमा कृषि दोर्जे कृषि फर्म नाम दिएर यो व्यावसायिक खेती गरिरहेका छन् । उनीहरूले १० रोपनी जग्गामा १७ सय बिरुवा लगाएका थिए, दोर्जे भन्छन्, एक सय वटा स्याउको बिरुवा मरेकाले १६ वटा बोटले स्याउ फल्न थालेको हो । स्याउ खेती गर्न थालेको अहिले चार वर्ष भयो ।’
नेपालमा स्याउ खेतीको इतिहास लामो नभए पनि हाल आएर यसको व्यावसायिक खेतीमा ठुलो फड्को मारिएको छ। मुस्ताङ, जुम्ला, सोलुखुम्बु, र डोल्पा जस्ता हिमाली जिल्लाहरू स्याउ उत्पादनका लागि प्रख्यात छन्। यी जिल्लाहरूको उचाइ, तापक्रम, र माटोको अनुकूलता स्याउ खेतीका लागि अति उपयुक्त मानिन्छ। यहाँका किसानहरूले स्याउ खेतीलाई आयआर्जनको मुख्य स्रोतका रूपमा अपनाएका छन्।
स्याउ खेतीबाट राम्रो आम्दानी गरिरहेका रसुवाका कृषक निमादावा तामाङ भन्छन्, “पछिल्लो चार वर्षदेखि म स्याउ खेतीमा लागिरहेको छु। अहिले म वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्न सफल भएको छु।”
स्याउको बारेमा थप बुझ्न हिमाली आयोजनाको अफिस पुगे, उनले सुनाए, ‘टिभी र युट्युबमा स्याउ खेतीको बारेमा बुझ्ने प्रयास गरे । फलस्वरुप त्यसैबाट पाएको ज्ञानबाट फुजि, गाला, गोल्डेन स्याउ इटाली र सर्विया देशबाट आएको स्याउको बोट प्रदेश सरकारबाट ५० प्रतिशत र आफ्नो ५० प्रतिशतमा एउटा बोटको ११ सय ५० मा ल्याएर लगाएँ ।’
उनीहरू भन्छन्, ‘ अबको लक्ष भनेको वर्षमा १ लाख स्याउ फलाउने हो ।’ यसअघि चिराइतो खेती पनि गरेका थिए, त्यसले राम्रो आम्दानी नदिएपछि स्याउ खेतीतिर अग्रसर भएको दोर्जेले बताए ।
उनीहरू यो व्यवसाय गर्नुभन्दा पहिले ६ वर्ष विदेशी भूमिमा पसिना बगाएर आएका रहेछन् । उनीहरूले परम्परागत खेतीलाई आधुनिकतर्फ मोडिँदै यो खेतीबाट सफल हुँदै आएको छ ।
स्याउ खेतीमा सफलता हासिल गर्नका लागि केही चुनौतीहरू पनि छन्। प्राकृतिक विपद्, स्याउको रोग कीरा, र बजारको उतारचढावले किसानहरूलाई कठिनाइ हुने गरेको छ। तर, यी समस्याहरूको सामना गर्नका लागि सरकारले बाली बिमा, तालिम, र प्राविधिक सहयोग जस्ता उपायहरू अवलम्बन गरिरहेको छ।
यसरी, स्याउ खेतीले नेपाली किसानहरूलाई आर्थिक रूपमा सबल बनाउँदै लैजाने मात्र नभई, कृषि क्षेत्रमा नयाँ सम्भावनाहरू खोलिदिएको छ। भविष्यमा पनि स्याउ खेतीको सम्भावना उज्ज्वल देखिन्छ।
निमादावा भन्छन्,‘एउटा बोटले ५ केजीसम्म फल्छन्, बजारको अहिलेसम्म दुख छैन । तर उतारचढाव भने भइरहन्छ ।’
दोर्जे भन्छन्, ‘ हामी अहिले चौथो वर्षमा छौँ । १६ सय बोटवाट ३४ सय किलो स्याउ फल्यो । प्रतिकिलो होलसेल मूल्य २ सय ५० रुपैयाँमा बिक्री गरेका छौँ ।’
यो खेतीमा कति त अरिङ्गालले खाने, कति चराहरूले खाने र कतिपय चाहिँ झरेर जाने गरेको दोर्जेले बताए ।
उनीहरूले स्याउ खेतीबारे तालिममा सहभागी हुँदा प्रत्येक वर्ष करिब १३ अर्बको स्याउ नेपाल भित्रिने गरेको बताउँछन् । त्यसो त नेपालको पैसा विदेशमा जान्छ । त्यही सम्झेर यो व्यवसाय सुरु गरेको उनीहरूको ठम्याइ हो ।
स्याउ खेतीले नेपालको कृषिमा एउटा नयाँ सम्भावना उजागर गरेको छ। यसले ग्रामीण अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै, युवाहरूलाई पनि कृषिमा आकर्षित गरेको छ। सही प्रविधि, सरकारी सहयोग र उचित व्यवस्थापनले स्याउ खेतीलाई थप उचाइमा पुर्याउन सकिने प्रचुर सम्भावना देखिएको छ।