गैरआवासीय नेपाली सङ्घको अध्यक्षमा पन्त निर्वाचित

सैलुङअनलाइन संवाददाता
0 Shares

गैरआवासीय नेपाली सङ्घको अध्यक्षमा कुमार पन्त निर्वाचित भएको छ । पन्तले प्रतिद्वन्द्वी कुलप्रसाद आचार्यलाई १ सय ११ भोटले पछि पार्दै निर्वाचित भएको हो ।

पन्तले कुल मतको १२ सय १७ मत ल्याइ विजयी भएको हो । उनको प्रतिद्वन्द्वी आचार्यले एक हजार ७० मत ल्याए । विहिबार सम्पन्न संघको निर्वाचनको मत परिणाम अनुसार उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, मन केसी, अर्जुन श्रेष्ठ र महिला उपाध्यक्षमा रबिना थापा बिजयी भएकी छन् ।

त्यसैगरी महासचिवमा डा. हेमराज शर्मा तथा सचिवमा अमेरिकाका गौरी जोशी र कतारका आरके शर्मा विजयी भएका छन् भने कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

बिहीबार बिहान १० बजेदेखि ६ बजेसम्म चलेका मतदानमा २ हजार ३ सय ४४ मत खसेका थिए । निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहेका थिए । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया