पर्यटनमन्त्रीले भने -नाथम र एकेडेमीलाई मर्ज नगरिने

सैलुंअनलाइन संवाददाता
42 Shares
काठमाडौं

संस्कृति पर्यटन ,तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने बताएका छन् । नेपाल पर्वतीय प्रतिष्ठानद्वारा शुक्रबार आयोजित एक कार्यक्रम हिमालबारे अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको विमोचन गर्दै उनले सो बताएका हुन्   ।

यी पुस्तकहरु माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेको हुन् । तथ्यको आधारमा अध्ययन र अनुसन्धानको आधारमा पनि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले एकेडेमिक काम पनि सञ्चालन गर्ने विश्वास लिएको मन्त्री पाण्डेले बताए ।

विश्वविद्यालयका रुपमा आगामी दिनमा यसले जति ठूलो दायरा विस्तार गर्ने योजनामा सकारात्मक भएको उनले बताए । विभिन्न प्रकारका हिमालहरु विभिन्न सङ्ख्यामा, अनगिन्ती संख्यामा हिमालहरु नेपालमा छन्। आगामी दिनमा नेपालले यी हिमालहरु सञ्चालनको  दायरा विस्तार गरी हाम्रा शैक्षिक गतिविधिमा रहने कुरमा मन्त्रालयको तर्फबाट सक्दो पहल गरिने उनले बताए ।

विविध संस्कृति रहेको र  संसारको कुनै कुनामा यति सानो भूगोल भएको देशमा पाँचवटा एयरपोर्ट  एउटै ठाउँमा रहेको छ । ‘पर्यटकहरु  नेपालमा कम भन्दा कम समयमा बढीभन्दा बढी कमभन्दा कम समयमा बढी खर्च गरी  फर्किउन भन्ने चाहाना हाम्रो रहेको छ  । हाम्रो मन्त्रालयभित्र भएका तीनटा स्तम्भमा भएका आधारमा काम गरिरहेको छ । ‘ उनले भने, ‘संस्कृतिको प्रवर्द्धन गर्ने कुरा, प्रकृतिको अवलोकनका लागि पूर्वाधारहरु खडा गर्ने कुरा  ती गन्तव्यहरुको पहिचान गरेर त्यसलाई अझ ब्युटिफाई र विश्वसनीय बनाउने कुरा मन्त्रालयको मुख्य तीनटा दायित्व आधार स्तम्भमा पर्छ।’

अरु विश्वविद्यालयहरुसँग शैक्षिक संस्थाहरुसँग पनि सम्पर्क गर्ने र हाम्रो यो पर्वतीय प्रतिष्ठानलाई पर्वतीय अध्ययनको एउटा केन्द्रबिन्दु संसार भर भएका विद्यार्थीहरुलाई पर्वतीय अध्ययनमा सामेल गराउनु पर्नेमा उनले जोड गरे ।

मन्त्री पाण्डेले हिमाल जोगाउने बीरहरू भनेका शेर्पा समुदाय भएको उद्घघोष गरेका छन् ।शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा  पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए । मन्त्री पाण्डेले भने, ‘प्रत्येक समाज र देशको आ-आफ्नै संस्कृति छ। वीर गोरखाली र हाम्रा पारेख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन् । हाम्रो साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ।’ उनले संस्कार र संस्कृति गुमाउने हो भने नेपालले आफ्नो अस्तित्व गुम्ने प्रष्ट पारे  ।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताए। उनले भने, ‘अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ।’  सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होइन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुनेमा आगामी दिनमा विश्वास व्यक्त गरेको छन् । मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री बल बहादुर केसी,पूर्वमन्त्री शंकर प्रसाद कोईराला,प्रतिष्ठाका पूर्व अध्यक्ष शंकर प्रसाद पाण्डे,प्रतिष्ठानका पुर्व अध्यक्ष,प्रेम कुमार श्रेष्ठ ,सन्तोष थापा मगर,लाप्पा फुटि शेर्पा सम्मानित समेत भएका थिए।

तपाईको प्रतिक्रिया