रसुवाको कालिका ५ जिवजिवेमा रहेको स्थानीयहरूले थुम्किका माहादेव भनेर चिनिएको निलकण्ठ महादेव प्रचारप्रसार को अभावले अोझेलमा ।
रसुवा जिल्ला को कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा रहेको निलकण्ठ थुम्किका माहादेव भनेर चिनिदै आएता पनि उचित प्रचारप्रसारको अभावले गर्दा अोझेलमा रहेको छ ।
कालिका गाउँपालिकाको प्रवक्ता समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष सन्दिप पौडेल बताए । स्थानियहरूले थुम्किका माहादेव भनेर सम्बोधन गर्छन। अर्को निलकण्ठ र जलेश्वर महादेव का रूपमा पनि चिन्दछन ।तर स्थानीय वाहेक कमै मानिसलाई थाहा नभएको यस ठाउँमा रहेको भगवानको थानलाई प्रचारप्रसार मा जोड दिन सके त धेरै राम्रो हुने उनको कथन रहेको छ ।
कालिका गाउँपालिका का अध्यक्ष हरिकृष्ण देवकोटा बताए ।परापुर्व कालमा जिवजिवेकै एक स्थानीय बासिन्दा को गाई सधै वाधेको ठाउँ वाट फुकेर हराउने र दुहुने वेलामा गोठमा नहुने हुदा कता गएछ भनेर खोच्दै जादा हाल माहादेव मानिएको शिला मा दूध चढाईरहेको भेटिएको हुनाले भगवान् को शक्ति रहेको मानेर पुजाआजा गरिदै आएको र गोसाईकुण्ड उत्पत्ति गर्न जाने क्रममा शिव भगवान यस ठाउँमा रातको एक वजे बास वसि गएको पनि भनाई रहेको छ ।
यस्तो पौराणिक कथा जोडिएको पवित्र ठाउँ मा जिवजिवेको स्थानिय तथा पुर्व प्रधानपन्च स्वर्गीय चुडामणि पौडेलको अगुवाइमा बालाचतुदर्सीको समयमा मेला सहित शतबिज छर्ने पर्व आयोजना को थालनि गरिएको थियो ।यस मन्दिर सम्म पुग्नको लागि पासाङल्हामु राजमार्ग को कालिका स्थान( घुम्तिबाट १।७ किलोमिटर पुर्व जिवजिवे बजार देखि केही तल रहेको भन्ज्याङवाट उठदै गरेको एक थुम्कामा अवस्थित रहेको छ । यो ठाउँ सुर्योदय,सुर्यास्त हेर्ने का लागि पनि उपयूक्त ठाउँका रूपमा रहेको स्थानीय भिम पौडेल बताए ।
जाने बुझेका यहाँका मानिसहरू मात्रै जाने गरेको यस मन्दिरमा नुवाकोट मनकामना,फिकुरि,तादि,तुप्चे,मभिर,कुवापानी, गेर्खु,चोगते लगाएतका तिर्थालुहरू समेत आउने गर्दथे ।थुम्कामा रहेकाले थुम्किका माहादेव भनेर पुकारिने गरेको स्थानिय पुर्णमाया पौडेल बताए । यस ठाउँ को प्रचारप्रसारमा व्यापकता ल्याउन सके धार्मिक पर्यटकिय स्थलको रूपमा परिचित हुने मा विस्वस्त रहेको कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा डङगोल बताइन् ।