नेपालकै पहिलो चिज उत्पादन केन्द्र लाङटाङमा जलवायु परिवर्तनले चिज उत्पादन मा कमी ।
हिमालि जिल्ला रसुवाको लाङटाङ क्याङजिमा रहेको नेपालकै पहिलो चिज उत्पादन केन्द्रमा बढ्दो जलवायु परिवर्तनका कारण चिज उत्पादनमा कमी आएको छ ।
चिज उत्पादन केन्द्र लाङटाङ क्याङजिङका प्रमुख ग्याल्वो तामाङले बताए । बढदो तापमापनका कारण हिमालमा समेत जलवायु परिवर्तन को संकेत देखिएपछि यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले नाक (याकको पोथि प्रजाति) र चौरिको दुधवाट बनेको चिज खाएर आनन्द लिने लाङटाङ को चिज भनेपछि लोकप्रिय रहेको छ तर अहिले को तापक्रम ले गर्दा चुनौती हरू झेल्नुपरेको छ ।
हिमालि भेग मा घांसेभूमीको अवस्था बिग्रेको र पोषिलो घाँस उत्पादन मा कमी भएकाले किसान हरूले याक,नाक,चौरि तथा अन्य गाईवस्तु हरूलाई जलवायु परिवर्तनले गर्दा दूध कम दिने भएकाले उत्पादन कम मूल्य बढेको बताए ।यसैवर्ष हरूवाट चिज उत्पादनका लागि चाहिने दुधको अभाव का कारण माग बमोजिमको चिज उत्पादन भईरहेको छैन । केन्द्र प्रमुख तामाङले बताए ।
हिमालमा समेत खडेरीले पानिको आपूर्ति र खोला नालाहरू मा पानी को मात्रा घटेको छ । जनावरलाई समेत असर परेको छ । भुकम्प का कारण चिज केन्द्र मा काम गर्ने दक्ष कामदारको मुत्यु भएकोले पनि अलि असर परेको छ ।यस्तै परिमाण आइरह्यो भने अलिवर्षमा केन्द्रीय नै बन्द गर्नुपर्ने देखिने प्रमुख तामाङ बताउनु हुन्छ। हिमालि भेगमा फुल्नुपर्ने फुलहरू समय अगावै फुल्छन हिमालमा पनि गर्मिको महशुस हुन थालेको वडा अध्यक्ष डिण्डुप ग्याङ्गवा तामाङले बताए ।
लाङटाङमा हाल चौरि,याक,नाक गरेर ४ सय वटा रहेका छन । ६ जना कृषकहरूले पालिरहेका छन चौरि । २०८० सालमा १९ हजार लिटर दुधवाट १९ सय केजि चिज वनेको थियो । भने २०८१ सालको साउन महिनामा ६ सय केजि चिज उत्पादन भएको थियो दूध ३६ सय लिटर उत्पादन भएको केन्द्र प्रमुख तामाङले बताए । पहिले त थामीनसक्नुको दूध उत्पादन हुन्थ्यो तेहि अनुसारको विक्रिवितरण पनि भईरहन्थोे ।
अहिले सोचेभन्दा कम रहेको कृषक तेन्जिङ लामाले बताए। यस्तै अर्को कृषक निमा तामाङ पनि आफ्नो दुख व्यक्त गर्दे भने के गर्नु आफ्नो दुख आफै संग छ दुख गरे अनुसार फल कमै रहेको छ अहिले जसोतसो चलेकै छ ।यहाँको चिज र दूध काठमाडौ को लैनचौर जान्छ। केहि यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले कोसेलिको रूपमा लैजाने गरेका छन।