मोना क्रोएसियाको तीज कार्यक्रममा प्रकाश दुतराजको बिशेष प्रस्तुति

मोनाले तीजसँगै वार्षिकोत्सब मनाउने

नवराज तामाङ
नवराज तामाङ सैलुनअनलाइन
609 Shares
जाग्रेब, क्रोएसिया

म्याग्दी प्रवासी नेपाली संघ राष्‍ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले प्रथम वार्षिकोत्सब तथा तीज मनाउने भएको छ । मोना क्रोएसियाले यहि सेप्टेम्बर ७ तारीख शनिबार बृहत सांस्कृतिक कार्यक्रम गरि वार्षिकोत्सबसँगै तीज मनाउन लागिएको हो ।

वार्षिकोत्सब तथा तीजमा विविध सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट गायक/सर्जक प्रकाश दुतराजलाई निमन्त्रणा गरेको मोनाले जानकारी दिए । मोनाका अनुसार कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम जाग्रेबको प्रेच्को२,ए( precko 2a)मा हुनेछन् ।

कार्यक्रममा स्थानीय कलाकार दीपा तामाङ, निरु परियार, निरु पुन, उमा आले मगर, सपना जुग्जाली, अन्जु फागामीले आआफ्ना प्रस्तुति दिनेछन् । त्यसैगरी देबिन गर्बुजा, किरणबाबु लामिछाने, कृष्ण अर्याल, सन्तोष परियार, बलराम रानाभाट, आशिष परियार (झिल्के) लगायको पनि कार्यक्रममा प्रस्तुति रहनेछन् ।

त्यस्तै कार्यक्रमको टिकटका लागि आयोजक लगायत क्रोएसियामा रहेका विभिन्न संघसंस्था र मोनासँग सम्पर्क गर्नुपर्ने छन् । तीज कार्यक्रमको टिकट मुल्य १५ युरो तोकिएको मोनाको भनाई छ । आयोजकका अनुसार नेपालबाट कलाकार ल्याउने भएकोले कार्यक्रमलाई आर्थिकभार कम गर्न टिकट राखिएका हुन् ।

मोना क्रोएसियाले एकदिन भएपनि मानसिक तनाव कम गराउने उदेश्यले वार्षिकोत्सबसँगै तीज कार्यक्रम गर्न लागिएको बताएको छ । तीज नेपाली महिलाहरूका महान चाड भएकाले बृहत बनाउन लाएको मोनाको भनाइ छ । तीजलाई धार्मिकभन्दा महिलाहरुको पर्वको रुपमा हेर्नुपर्ने भनाइहरु सार्वजनिक भइरहे पनि यसलाई हिन्दु महिलाहरुले बिशेष रूपमा मनाइने गर्छन् ।

सन् २०२३, मा गठित मोना क्रोएसियामा रहेका विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, पत्रकार लगायत अन्यलाई सहभागिताका लागि निमन्त्रणा दिइरहेका छन् । कारणबस निमन्त्रणा नपुगेका खण्डमा यस समाचारलाई आधार मानी उपस्थिति जनाउन आयोजकले आग्रह गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया