गोदावरी शिव बस्तीमा महायज्ञको तयारी, राधिका दासीले कथा वाचन गर्ने

ललितपुर

ललितपुरको गोदावरी नगरपालिका वडा नंबर ३ स्थित शिव बस्ती (ढाँड) मा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ ।

पाथीभरा महिला समुहको आयोजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाउन लागिएको मुल समारोह समितिका संयोजक एवं वडा अध्यक्ष राज घिमिरेले जानकारी दिएका छन् । उक्त बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उदेश्यका साथ आगामी भाद्र २५ गतेदेखि ३१ गते सम्म विशुद्ध धार्मिक एवं आध्यात्मिक मोक्ष प्राप्त गर्ने निस्वार्थ भावनाले महायज्ञ सञ्चालन गर्न लागिएको वडाध्यक्ष घिमिरेले बताए ।

त्यस्तै ,सप्ताह ज्ञान महायज्ञमा भागवत मञ्जरी एवं विश्व प्रसिद्ध कथा वाचिका राधिका दासीको मुखारबिन्दुबाट कथा वाचन, भजन, कीर्तन एवं साँस्कृतिक तथा सामाजिक झाँकी समेत प्रस्तुत हुने पाथिभरा महिला समुहकी अध्यक्ष भगवती बुढाथोकीले जानकारी दिईन् । महायज्ञको कलश यात्रा आगामी भाद्र २५ गते बिहान ७ बजे हुने बताउँदै उनले उद्घाटन भने सोही दिन दिउँसो १ बजे हुने बताईन् ।

दैनिक रूपमा बिहान ७ बजेदेखि १० बजेसम्म पूजा तथा पाठपरायण, बिहान ११ बजेदेखि ३ बजेसम्म कथा वाचन र साँझ ७ बजेदेखि ९ बजेसम्म माहात्मे तथा सामाजिक झाँकीको कार्यक्रम रहेको यज्ञ व्यवस्थापन समितिले जनाएको छ । यज्ञमा सहभागी हुुनको लागि आयोजक समूहले सम्पूर्णमा आग्रह गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका