गायक प्रकाश दुतराज शुक्रबार क्रोएसिया आइपुगेको छ । गायक दुतराज म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाका प्रथम वार्षिकोत्सब तथा तीज कार्यक्रमका लागि आएको हो ।
गायक दुतराजलाई स्वागत गर्न मोना क्रोएसियाका संस्थापक अध्यक्ष रामकृष्ण शर्मा, मोना क्रोएसियाका सचिव तेजेन्द्र फगामी, सदस्य पुर्ण घर्तीमगर, समाजसेवी तथा काठमाडौं मार्टका संचालक कमलमान गुरुङ जाग्रेब विमानस्थल पुगेका थिए । गायक दुतराजले आफ्न स्वागतका लागि विमानस्थल आइपुगेका समाजसेवी र मोना क्रोएसियालाई धन्यवाद दिदै शनिबार हुने कार्यक्रम उपस्थित हुन सबैलाई अनुरोध गरे ।
सेप्टेम्बर ७ तारीख शनिबार हुने कार्यक्रममा नेपालबाट आएका गायक दुतराजसँगै स्थानीय कलाकारहरु दीपा तामाङ, निरु परियार, निरु पुन, उमा आले मगर, सपना जुग्जाली, अन्जु फागामीले आआफ्ना प्रस्तुति दिनेछन् । त्यसैगरी देबिन गर्बुजा, किरणबाबु लामिछाने, कृष्ण अर्याल, सन्तोष परियार, बलराम रानाभाट, आशिष परियार (झिल्के) लगायको प्रस्तुति रहनेछन् ।
कार्यक्रमका टिकटका लागि आयोजक लगायत क्रोएसियामा रहेका विभिन्न संघसंस्था र मोनासँग सम्पर्क गर्नुपर्ने छन् । तीज कार्यक्रमको टिकट मुल्य १५ युरो तोकिएको मोनाका संस्थापक अध्यक्ष रामकृष्ण शर्माले बताए । उनका अनुसार कार्यक्रम हलमा समेत टिकट पाइने छ ।
म्याग्दी, मंगनका गायक दुतराजले ` बैनी झ्यालैमा, घर कता हो बैनीको, चोली मैलो भो, जाम भो माइली, रीमै जस्ता चर्चित गीतहरू गाएका छन् । अन्य गीतहरूमा आवाज दिइसकेका गायक दुतराज आफै सर्जकसमेत हुन् ।
थप यो पनि
मोना क्रोएसियाको तीज कार्यक्रममा प्रकाश दुतराजको बिशेष प्रस्तुति