रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ मा पर्ने पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबिच मूलखर्कमा पहिरो जाँदा रोकिएको सडक करिब १० घण्टा पछि शनिवार खुलेको छ ।
सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित साना ठुला गाडी र चीनबाट सामान लोड गरेर आएको सबै सवारीसाधन रोकिएका थिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार भदौ २१ गते रातिको अविरल वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक मा खसेर अडिएको र अरू वैकल्पिक बाटो नभएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका थिए । मानिसहरू आवतजावत गर्न पनि मुस्किल रहेको थियो । तत्कालै डिभिजन सडक विभाग नुवाकोटबाट ब्रेकर झिकाएर २२ गते नै साँझ ५ बजे ढुङ्गा फुटाएर बाटो सुचारु भएको छ ।
यो पनि