जिरी स्वर्गको टुक्रा होः मन्त्री भट्टराई

जिरीमा स्ट्रिट फुड फेस्टिभल सुरू, ३ गतेसम्म चल्ने

दोलखा, जिरी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोलखाको जिरी ‘स्वर्गको टुक्रा’ भएको बताएको छ ।

विजयादशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रममा मन्त्री भट्टराईले जिरीको पर्यटन विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्री भट्टराईले भने, “आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र जिरीमा अवरुद्ध हवाई सेवा सुचारु गर्न पहल गर्नेछु ।”

‘प्रकृतिक सुन्दरता सगरमाथाको प्रवेशद्धार, सांगीतिक प्रस्तुती स्वादिष्ट खाद्य परिकार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि चलेको महोत्सवमा कला संस्कृतिको प्रदर्शनी, चिज, छुर्पि, चिया, आलु, किवी, ट्राउट माछा, शिल्मा, रिल्दुक, ढिडो, आदि जिरीका मौलिक परिकारको स्टलहरू राखिएका छन् । जिरी स्ट्रिट फुड फेष्टिभल जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संघ संस्था, परियोजना सहयोगी निकायहरुको सहकार्य गरेको छ । महोत्सव कार्तिक ३ गतेसम्म चल्नेछ ।

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नेकपाका जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सामुदायिक रेडियो प्रचार सङ्घका कोषाध्यक्ष लक्ष्मण खडकालगायतले आफ्नो मन्तव्य दिएका थिए ।  .

जिरीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्रयाउने पत्रकार अमृत भादगाउँले, मन्थली उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम थापा, निर्माण व्यवसायी नारायण प्रधान र जिरीका युवा पासाङ शेर्पालाई सो अवसरमा सम्मान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया