अन्वेषण र अनुसन्धान गरेर अगाडि बढे भाषाहरू बढ्दै जान्छ: मन्त्री पाण्डे

११ भाषा भाषिक पत्रिकालाई सम्मान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भाषा आयोगले अन्वेषण र अनुसन्धान गरेर अगाडि बढे भाषाहरू बढ्दै जाने बताएका छन् ।

आइतबार भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा सो कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘आयोगको वार्षिक प्रतिवेदनमा १३१ वटा भाषा पुग्यो भनिएको छ, यसबाट के अनुमान लगाउन सकिन्छ भने हामीले भाषाहरू पत्ता लगाउन, हाम्रो भाषाहरूको खोजी गर्न अझै बाँकी छ भनेर अनुमान लगाउन सकिन्छ।’

आयोगले ११ मातृभाषाका पत्रपत्रिकाहरूलाई सम्मान गरेको छ।

आयोगले तामाङ भाषामा प्रकाशित तामाङ डाजाङ, किरात वाम्बुले राई भाषामा प्रकाशित पत्रिका इक लिब्जुभुम्जु, लिम्बु भाषामा प्रकाशित पत्रिका तान्छोप्पा, वान्तावा भाषामा प्रकाशित पत्रिका बुङ्वाखाकालाई सम्मान प्रदान गरेका हुन् ।

यस्तै डोट्याली भाषामा प्रकाशित पत्रिका गुगुल्डिका, नेपाल भाषामा प्रकाशित पत्रिका थौकन्ह, बज्जिका भाषामा प्रकाशित पत्रिका बज्जिकावललाई सम्मान गरेका हुन् ।

त्यसै गरी भोजपुरी भाषामा प्रकाशित पत्रिका भोजपुरी टाइम्स, नेपाली भाषामा प्रकाशित पत्रिका रचना, चाम्लिङ भाषामा प्रकाशित पत्रिका सितिमी, थारू भाषामा प्रकाशित पत्रिका लावा डग्गरलाई सम्मान गरेका हुन् ।

यी सबै पत्रिकाका सम्पादकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्मान पत्र हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया