नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
77 Shares
मकवानपुर (हेटौँडा)

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गङ्गादत्त नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी यसअघि पनि आयोगको सदस्य थियो ।

बैठकले सिन्धुपाल्चोकका नेपाललाई उपाध्यक्ष, सदस्यमा काभ्रेपलाञ्चोकका गुणराज मोक्तान र काठमाडौँका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यस्तै, प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामा नियुक्त भएको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएको हो ।

बैठकले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सङ्घीय इकाइको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया