जनप्रगतिशील मंच क्रोएसियामाले कलेज बिरामी गोमा पुन मगरलाई ४ सय ४० युरो आर्थिक सहयोग गरेको छ । मंचले मंगलबार बिरामी मगरको डेरामा पुगेर आर्थिक सहयोग गरेको हो ।
कलेजमा समस्य देखेपछि सर्जरी समेत गरेकी मगरलाई सहयोग गर्न पाउदा गौरवान्वित महसुस गरेको जन प्रगतिशील मंच क्रोएसियाका अध्यक्ष लोब्साङ लामाले बताए । मंचका अध्यक्ष लामाका अनुसार बिरामी मगर कार्यरत कम्पनीले बिमा रद्द गरेका कारण आर्थिक सहयोगको आवश्यकता भएका हुन् ।
`अस्पतालको बिल तिर्न बिरामी मगरलाई गार्हो भएपछि हामीले आर्थिक सहयोगको गरेको हो,´ जन प्रगतिशील मंच क्रोएसियाका अध्यक्ष लामाले भने,` क्रोएसिया लगायत अन्य देशमा रहेका संघसंस्थाले पनि उहाँलाई सहयोग गर्नुहोस् ।´ मंचका अध्यक्ष लामाका अनुसार बिरामी मगरको उपचारमा ९ हजार २ सय ७२ युरो खर्च भएका छन् ।
त्यसैगरी बिरामी मगरलाई तामाङ समाज क्रोएसियाले ३ सय ५ युरो सहयोग गरिसकेका छन् । त्यस्तै बिरामी मगरलाई अन्य संघसंस्था लगायत व्यक्तिले पनि सहयोग गरिरहेका छन् । बिरामी मगर नवलपुरकी हुन् । उनी क्रोएसिया आएको केही समयमै बिरामी भएकी हुन् । बिरामी मगर उपचारका क्रोएसिया अभियान्त अर्जुन मोक्तानका अनुसार आधाभन्दा धेरै खर्च उठिसकेका छन् ।