काठमाडौँमा ‘क्यानभासमा जिरी’ प्रदर्शन हुँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
काठमाडौं

काठमाडौँमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी गरिने भएको छ।

दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भदौ २८ गते शुक्रवारदेखि आइतबारसम्म प्रदर्शन हुनेछ ।

नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’ ले आयोजना गर्न लागेको हो।

केही समय पहिले दोस्रो जिरी महोत्सवका अवसरमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र प्रदर्शनीमा राखिने संयोजक लिलाराम खड्काले जानकारी दिए ।

कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले एक्रेलिक र जलरङ प्रयोग गरी बनाएका चित्र प्रदर्शनीमा राख्न लागिएको हो।

खड्काले भने, ‘कला मार्फत जिरीको प्रकृति, संस्कृति र जीवनशैली पस्कने प्रयास गरेका हौँ ।’

उनले यसले जिरीको पर्यटन विकासमा ठुलो टेवा पुर्‍याउने बताए ।

प्रदर्शनी भदौ २८ देखि भदौ ३० गतेसम्म तीन दिन चल्नेछ।

तपाईको प्रतिक्रिया