पर्यटकीय नगरी जिरीको सौन्दर्यलाई समेटेर काठमाडौँमा ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरु भएको छ ।
शुक्रवार नयाँ बानेश्वरको उमोजा क्याफेमा नेपालका ६ जना कलाकारले जिरी महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भई ३ दिनको जिरी बसाइका क्रममा देखे भोगेका र अनुभव गरेका कुरालाई कलाकृति मार्फत देखाएका हुन् ।
प्रदर्शनीका संयोजक लिलाराम खड्का अनुसार जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
उनले भने,‘जिरीको भेसभुसा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र सांस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा फेला पार्नुहुनेछ ।’
क्यानभासमा जिरीको समाचार चित्रण गरिएको छ। यो कलात्मक प्रस्तुति जिरीको सुन्दर प्राकृतिक दृश्य र सांस्कृतिक जीवनशैलीलाई समेटेको छ।
प्रदर्शनीमा ६ जना कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीको कला डिस्प्लेमा राखिएको छ । कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी चित्र सृजना गरेका छन् ।
प्रदर्शनी २०८१ साल भदौ २८ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।