सिन्धुपाल्चोकको टनममा स्कारपियो दुर्घटना

सैलुङअनलाइन संवाददाता
14 Shares
लिसंखुपाखर, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसङ्खु पाखर-१, साविक ठुलोधादिङ टनमको मुडे जम्सिङ सडक खण्डमा बा १३ च ५९११ नम्बरको स्कारपियो दुर्घटना भएको वडाध्यक्ष पासाङलाल योञ्जनले जानकारी दिए ।

शुक्रबार झण्डै २ बजेतिर ब्रेक फेलका कारण दुर्घटना भएको स्कारपियो चालक धनकुमार योञ्जनले बताए । चालक योञ्जनले थपे- उकालोमा बिपरित दिशाबाट आइरहेका बसलाई साइट दिन भित्ता च्याप्न खोज्दा अचानक् ब्रेक फेल भै झण्डै २० मीटर पछाडि सरेर एक भलदाङ पल्टेको हो । चालक योञ्जनले आफूसँगै लिसङ्खु पाखर-२,का जीवन योञ्जन, श्रेय योञ्जन, अजय योञ्जन, निगम सुन्दासको वडा नम्बर ५ मुडेस्थित मेडिकलमा उपचार गरेर फर्किएको जानकारी दिए ।

घाइतेहरुको अवस्था सामान्य रहेकाले प्राथमिक उपचार गरी फर्काइएको मेडिकल सञ्चालक धनकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरूलाई लिसङ्खु पाखर-५,मुडे प्रहरी कार्यालयका प्रमुखसँगको समन्वय गरेर प्राथमिक उपचारका लागि मुडे मेडिकल लगिएको दोलखा शैलुङ गाउँपालिका -३,लाम्चे अहलका प्रहरी प्रमुख जेपी पाण्डेले बताए ।

दुर्घटनामा परेर गाडीको चालक पट्टीको लुकिन ग्लास, अगाडिको सिस फुटेको र केही भाग कुच्चिएको वडाध्यक्ष पासाङले बताए । घाइतेहरू टनममा रहेका योञ्जनहरुको प्राचीन थलो अबलोकन गरी स्करपियोमा काठमाडौ तर्फ जादै गर्दा दुर्घटनामा परेको हो, वडाध्यक्ष पासाङले भने ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया