९२ वर्षिया भोस्लेले दिइन नेपाली गीतमा स्वर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
273 Shares
काठमाडौं

सुप्रसिद्ध भारतीय गायिका आशा भोस्लेले लामो समयपछि नेपाली गीत रेकर्ड गरेकी छन् ।

गत साता मुम्बईस्थित कैलाश खेरको स्टुडियो कैलाशामा उमेरले ९२ वर्षिया भोस्लेले नेपाली गीतका लागि स्वर दिइन् । वरिष्ठ संगीतकार रञ्जित गजमेरद्वारा संगीतबद्ध गीत ‘यो हाम्रो माया’ मा नेपाली गायक मोहन राई र भोस्लेको स्वर दिएका हुन् ।

मुम्बईमा गीत रेकर्ड गराएर संगीतकार गजमेर र गायक राई काठमाडौं फर्किइसकेका छन् । ‘ऐतिहासिक र दुर्लभ क्षणलाई समेटेर फर्किएको छु’ मोहनले भने, ‘आशा भोस्लेसँग गीत गाउन पाउनु नेपाली गायकगायिकालाई दुर्लभ क्षण नै हो ।’ आगामी महिना रिलिज हुने मोहनको एल्बममा यो गीत समेटिनेछ ।

मायाको खेल र कस्तो सपनापछि यो उनको तेस्रो एल्बम हो । नयाँ एल्बमका लागि चार गीत तयार भइसकेको उनले बताए ।

बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ र अशोक बान्तवाले गीत लेखेका छन् । रञ्जित गजमेर, नरहरि प्रेमी र कन्काइस्ट राईले संगीत दिएका छन् ।

तपाईको प्रतिक्रिया