नायक तथा गायक प्रबिन्स् मोक्तानको “जाउँ हिड रामेछाप” बोलको गीत सार्वजनिक गरेको छ । गीत भक्तपुरको सुर्यबिनायकस्थित एक रेष्टुरेन्टमा कार्यक्रम गरि सार्वजनिक गरेको हो ।
बुधबार एक कार्यक्रम गरि गायक मोक्तानकै युटुब च्यानलबाट सार्वजानिक गरिएको गीतमा रामेछापका बारेमा वर्णन गरिएका छन् । गीतको म्युजिक भिडियोसमेत चाँडै ल्याउने कार्यक्रममा गायक मोक्तानले उद्घोष गरे ।
सर्जक सुर्य योन्जनले लेखेका गीतमा गायक मोक्तानलाई गायिका पुर्णिमा ब्लोन तामाङले आवाजमा सघाएकी हुन् । गीतको एरेन्ज भने बाबु तामाङको रहेको छ ।
कार्यक्रम भल्वाडी मैत्री सेवा समितिकोे सहकार्यमा भएका कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिषदकी सदस्य निरमाया लामा रहेकी थिइन् । प्रमुख अतिथि लामाले गीतका सर्जक, गायक लगायत सम्पुर्ण टोलीको प्रसंशा गरिन् ।
त्यसैगरी कार्यक्रममा जन सांस्कृतिक महासंघ बागमती प्रदेशकी उपाध्यक्ष चम्पा योन्जन, नेपाल तामाङ घेदुङ भाषा साहित्य प्रमुख हिरालाल दोङ, बज्र एकता समाजका अध्यक्ष वीरबहादुर घिसिङ, भल्वाडी मैत्री सेवा समितिका कोषध्यक्ष शुकराम तामाङ, रुपाकोट तामाङ समाजका अध्यक्ष पुर्ण तामाङ, योञ्जन युवा समाजका सदस्य दिपक योञ्जन, समाजसेवी बिकेश थिङ, समाजसेवी तथा भल्वाडी मैत्री सेवा समितिका सदस्य राजेन्द्र तामाङ, अभिनेता तथा मोडल डिल बहादुर तामाङ, बरिष्ठ गायक तथा संगीतकार लाल बहादुर योञ्जन, जन गायक मदन योञ्जन लगायत अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
कार्यक्रमको बिशेष आकर्षणको रुपमा रहेका गायक तथा नायक प्रबिन्स् मोक्तानको सांगीतिक दौरानमा भएका संघर्ष र सफलताले तामाङ समुदायबाट यो क्षेत्रमा लाग्न चाहेका हरेक प्रतिभाहरुलाई प्रेरणा मिल्ने भन्दै प्रबिन्स् मोक्तानको बारेमा चर्चा भएको थियो ।निरन्तरता नै सफलताको बाटो भएको भन्दै प्रबिन्स् मोक्तानको यो यात्रामा संघर्ष र निरन्तरताको संयोजन भएको बक्ताहरुको भनाई रहेको थियो ।
सानै उमेरदेखि कलाकारीतामा रुचि राख्ने गायक मोक्तान बहुआयमिक व्यक्तित्व भएको कार्यक्रमका वक्ताहरुको दाबी थियो । वक्ताहरुले मोक्तानको यो गीत मातृभुमिका लागि गाएको भनाई राख्दै उनका गीतलाई सुन्न आग्रह समेत गरेका हुन् ।