नेपाल बौद्ध शान्ति समाज मणिपा संघको प्रथम राष्ट्रिय भेला सम्पन्न
नेपाल बौद्ध शान्ति समाज मणिपा संघले आफ्नो प्रथम राष्ट्रिय भेलाको सफलतापूर्वक सम्पन्न गरेको छ ।
असोज २ गते बुधबार स्वयम्भुस्थित सेतो तामाङ गुम्बामा सम्पन्न भेलामा देशभरका बौद्ध समुदायका प्रतिनिधिहरू, बौद्ध विद्वानहरुरू र धर्मगुरुहरुको सहभागीता रहेका थिए ।
भेलाको उद्घाटन नेपाल बौद्ध शान्ति समाजका अध्यक्ष लामा पल्साङबज्र लामा वाइबा र डुब्बोन लामा शेराब तेन्दर रिम्पोछेले गरेका थिए ।
कार्यक्रममा डुब्बोन लामा शेराब तेन्दर रिम्पोछे आयुअभिषेक वाङ प्रदान गरेका थिए । उनले धर्म गर्नेहरु कहिल्यै पाप नहुने बताएका थिए ।
भेलाले शान्तिमाया मुक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेका थिए ।
समितिको उपाध्यक्षमा लालमाया भोम्जन, महासचिव सम्झना लामा तामाङ, सचिव देवी थिङ रहेका छन् ।
यस्तै सदस्यहरु ज्ञानु तामाङ, विनोद तामाङ, कान्छीमाया तामाङ, छुल्ठिम ढोल्मा, रोजबहादुर तामाङ, अनिता ढोल्मा, सरिता तामाङ, सुनिता तामाङ, कृष्णबहादुर घलान, रमेश लामा लगायत २५ सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।
भेलामा सहभागी प्रतिनिधिहरूले बौद्ध धर्मको मूल तत्वहरूको पालना गर्दै समाजमा शान्ति र सद्भावको स्थापना गर्न प्रतिवद्धता जनाएका थिए। यसै क्रममा, सहभागीहरूले बौद्ध शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक मुद्दाहरूको समाधानमा ध्यान दिने बारेमा सहमति जनाएका थिए।
यस्तै संघका अध्यक्ष वाइबाले समर्पित समाज र शान्तिको महत्वका बारेमा चर्चा गर्दै बौद्ध धर्मका सिद्धान्तहरूलाई सामाजिक एकताको लागि अपनाउनको आवश्यकता औँल्याए।