नेकपा एमाले दोलखा जिल्ला शैलुङ गाउँपालिका-१ दुधपोखरी-काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न भएको छ । दुधपोखरी-काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलनबाट सन्देश घिसिङको अध्यक्षतामा २६ कार्यसमिति चयन गरेको छ ।
शनिबार काठमाडौंमा सम्पन्न भएको सम्मेलनबाट उपाध्यक्षहरु क्रमशः सनिश योन्जन, निमा घिसिङ, सचिव जय घिसिङ, उपसचिव केशर लामा, कोषाध्यक्ष बिनोद घिसिङ रहेका छन् ।
त्यसैगरी मञ्चका सदस्यहरु क्रमशः साजन मोक्तान, अबिनास घिसिङ, राजु घिसिङ, जेम्स घिसिङ, सन्जिब घिसिङ, पदम खती, रबिन लोहर, लोक बहादुर श्रेष्ठ, पासङ मोक्तान, अमिर मोक्तान, सोनम मोक्तान, टेन्डुप मोक्तान, शुबस खती, अशोक घिसिङ, शम्भु लामा, सोनि मोक्तान, भीम गुरुङ, नकुल श्रेष्ठ र जीवन मोक्तान चयन भएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका नेता सरोजमोहन मोक्तान जिल्ला सदस्य एवं शैलुङ इन्चार्ज थीरबहादुर तामाङ, जिल्ला सदस्य सुरेन्द्र मोक्तानलगायत अन्य वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।