हिंसात्मक प्रदर्शनपछि चिलीमा सङ्कटकाल

सैलुङअनलाइन संवाददाता
0 Shares
साण्टियागो, चिली

चिलीको साण्टियागो राज्यमा शुक्रबार सङ्कटकालको घोषणा गरिएको छ ।

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले सङ्कटकालको घोषणा गरेको हो ।

सङ्कटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताए । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीच धेरै ठाउँमा झडप भएको थियो ।

प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पुर्‍याएका छन् । प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरू क्षतिग्रस्त भएका छन् ।

मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले सङ्कटकाल लागु गरिएको घोषणा गरे । उनले अहिलेलाई १५ दिनका लागि मात्रै सङ्कटकाल लागुहुने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका